रेखामाथि राजनीति
|
|
रेखा थापा बाठी फिल्मकर्मी हुन्। फिल्म क्षेत्रमा आफूलाई चर्चामा राख्न र अघि बढ्न अनेक नीति अख्तियार गर्ने खुबी छ उनमा। केही समयअघि एमाओवादी नेता प्रचण्डसँग नाच्नुका साथै उनले तत्कालीन वाइसियल प्रमुख चन्द्रबहादुर थापा सागरलाई भाइटीका लगाएकी थिइन्। यसले उनलाई खसोखास एमाओवादी पक्षीय फिल्मकर्मी बनाएको थियो।
संविधान सभाको चुनावको तातो लागिरहेका बेला सभासद्का लागि कलाकर्मीमध्ये पहिलो पटक उनकै नाम चर्चामा आएको थियो। उनले पनि अब राजनीति गर्ने बताइसकेकी थिइन्। तर, यतिबेला भने उल्टै रेखामाथि पो राजनीति भएको छ त। किनभने, भावी सभासद्का लागि एक दर्जन कलाकर्मीको नाम सिफारिस गरिसकेको एमाओवादीले रेखालाई चाहिँ बिर्सिएको छ। कलाकर्मीहरू मौसमी मल्ल, गणेश भण्डारी, राजेन्द्र खड्गी, केपी पाठक, शिवजी लामिछाने, उदय सुब्बा, दीपक श्रेष्ठ, विजय बस्नेत, राजु केसी लक्ष्मण शेष, चेतन सापकोटा र धीरेन्द्र प्रेमर्षी भावी सभासद्का सूचीमा अटाएका छन्। उसो त रेखाको पनि बोली फेरिएको छ, 'नहुने चुनावको उम्मेदवार किन बन्नु?' यो रेखाको 'दूरदर्शिता' हो कि पार्टीले विश्वास नगरेको द्वेष? धेरैले बुझेका कुरामा हामी किन्न जान्ने पल्टिनु?

Category: News

0 comments