नेपाल-भारतबीचको खेलको टिकट ब्लाकमा बिक्री

Unknown | 01:42 | 0 comments

काठमाडौं - आठौं साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको फुटबल हेर्न रंगशाला पुगेका दर्शक ब्ल्याकमा टिकट किन्न बाध्य भएका छन्। खेल सुरु हुनुभन्दा ३ घण्टा अगाडि दशरथ रंगशाला पुगेका फुटबलप्रेमीले समेत टिकट पाएनन्। एन्फाका टिकट एजेन्टले सबै टिकट बिक्री भइसकेको जानकारी पाएका फुटबल शुभेच्छुकलाई दलालहरुले निर्धारित मूल्यभन्दा दुई गुणा मूल्यमा टिकट बेचेका छन्।

साढे तीन बजेदेखि सुरु हुने नेपाल र भारत बीचको फुटलबल हेर्न रंगशाला पुगेका दर्शकसँग दलालहरुले ३ सयको टिकटलाई १ हजार सम्म बेचेका छन्।

'खेल हेर्ने हो ? ३ सयलाई हजार दिनुस्' रंगशालाको मुख्यद्वार र आसपासका क्षेत्रमा दलालहरु छ्‌यापछ्‌याप्ति हिँडिरहेका छन्। कतिय दर्शकहरु भने टिकट नपाएपछि टिभीमै हेर्ने हो भन्दै फर्केका छन्। कति दर्शकले भने घर/अफिसमा लोडसेडिङले फुटबल प्रत्यक्ष हेर्न नपाउने दुखेसो गरेका छन् ।

टिकट सबै सकियोः एन्फा के तपाईँ आज आठौं साफच्याम्पियनसिप अन्तर्गन नेपाल र भारतबीच हुने फुटबलको प्रत्यक्ष खेल हेर्न टिकट काटेर दशरथ रंगशाला जाने सुर गर्दै हुनुहुन्छ? यदि टिकट काट्ने सुर गर्दै हुनुहुन्छ भने तपाईँको लागि यो खुशीको खबर नहुन सक्छ । खेल सुरु हुनु भन्दा ३ घण्टा अघि नै दशरथ रंगशाला प्रवेशको सबै टिकट सकिएको छ। टिकट सकिएपछि टिकट बिक्री बन्द गरिएको एन्फा पदाधिकारीले जानकारी दिएका छन्।

साधारण र प्याराफिट तर्फ गरि दुई तहमा छुट्याइको टिकट सकिएको खबर पाएपछि टिकट काट्न रंगशाला गेट पुगेका नेपाली समर्थकहरु निराश बनेका छन्। अहिले काठमाडौंको बागदरबार र त्रिपुरेश्वर क्षेत्रमा नेपाली दर्शकको भीड सुरु भइसकेको छ। जसले गर्दा सवारी अनुगमनमा समेत बाधा पुगेको छ।

एन्फाले साधारण तर्फ ३ सय र प्याराफिटतर्फ ७ सय रुपैयाँ टिकट दर तोकेको छ। दशरथ रंगशालामा १८ हजार दर्शक अट्न सक्छन्।

आज नेपाल र भारतबीचको खेल दशरथ रंगशालामा दिउँसो ३:३० मा हुँदैछ भने बंगलादेश र पाकिस्तानबीचको खेल पनि साढे तीन बजे नै हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा हुँदैछ। ग्रुप अफ डेथमा रहेका यी सबै राष्ट्रलाई सेमिफाइनल प्रवेशको लागि जित आवश्यक छ। घरेलु मैदान भएकोले नेपालले भने यसको फाइदा उठाउँदै सेमिफाइनलको यात्रा तय गर्न तयार रहेको बताइएको छ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments