२६ विधामा डि–सिने अवार्ड

Unknown | 22:54 | 0 comments

काठमाडौं – राम्रा नेपाली फिल्मलाई प्रोत्साहन गर्ने उद्देश्यले एचटिभी फिल्मीखबर डि–सिने अवार्ड हुने भएको छ। आइतबार राजधानीमा अवार्डको मनोनित फिल्म र कार्यक्रमबारे जानकारी गराइयो। 'विगत चार वर्ष निरन्तर गरिँदै आएको अवार्डमा यसपटक ५१ वटा फिल्म सहभागी थिए, २६ विधामा मनोनयन सार्वजनिक गरेका छौं। राम्रा फिल्मलाई प्रोत्साहन गर्न अवार्ड गर्न लागेका हौं।

कति फिल्महरु अवार्डमा सहभागी हुनसकेनन्,' आयोजक छायाँछविका शान्तिप्रियले भने। अवार्डको यो पाँचौ संस्करण आगामी कात्तिक १० मा प्रज्ञा प्रतिष्ठानमा हुँदैछ।

मोहन निरौला, विजयरत्न तुलाधर, सन्तोष श्रेष्ठ र सवनम मुखियाको निर्णायक टोलीले विभिन्न विधाका फिल्महरु छनोट गरेका थिए। 'रिदम', 'फेसबुक', 'मायाज बार', 'नोटबुक' र 'के म तिम्रो साथी बन्न सक्छु' उत्कृष्ट फिल्मको विधामा मनोनित भएका छन्।

'धन्दा', 'छड्के', 'हमेशा' ,'साघुँरो', 'मञ्जरी', 'अध्याय', 'कर्कस', अन्तराल', 'नेपथ्य' र 'इशारा' लगायत फिल्महरु विभिन्न विधामा मनोनित छन्।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments