‘होस्टेल’ पाचौं हप्तामा, २० गते सक्सेस पार्टी

Unknown | 01:31 | 0 comments

नेपाली सिनेमा हलमा १ हप्ता पनि नटिकिरहेको समयमा सफलताको कार्यक्रम गर्नु त परकै कुरा हो । तर भदौ १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल’ले भने आफ्नो सफलताको पार्टी आयोजना गर्दै छ । असोज २० गते भव्य सक्सेस पार्टी आयोजना गर्ने तयारीमा यसका निर्माता सुनिल रावल छन् ।

उनले चलचित्रकर्मी, पत्रकार र कलाकारसँग ‘होस्टेल’ सफलताको खुशी बाढ्ने बताएका छन् । हेमराज वीसी निर्देशित यो सिनेमा बर्ष २०७० को अहिलेसम्मकै सफल सिनेमा हो । चलचित्रले निर्मातालाई राम्रै रकम हातमा पारिदिएको छ ।

चलचित्रको सफलताले नेपालभरका धेरै हलहरुलाई लामो सास पनि फेराइदिएको छ । धनकुटाका हल संचालकले ‘होस्टेल’ नचलेको भए हल नै बन्द गर्ने तयारीमा रहेको जानकारी दिएको निर्माता रावलले बताए । ‘होस्टेल’ले आफ्नो हल बन्द हुनबाट रोकिदिएको ति हल संचालकको तर्क छ ।

अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरब पहाडी लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले केही हलमा ५१ दिन मनाउने तयारी पनि गरेको छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments