कसरी 'ढुवानी' हुन्छन् चेली?
|
|
काठमाडौं – अमेरिकामा बसेर अध्ययन गरिरहँदा पनि पिताम्बर पाण्डे हरेक दिन देशका खबरबारे चनाखो हुन्थे। दिनदिनै नेपालको समाचार हेर्दा कहीँ न कहीँ चेलिबेटी बेचबिखनका समाचार छापिएकै हुन्थे। दिनदिनै आइरहने यस्ता समाचारमा पिताम्बरले फिल्मको कथा देखे र अमेरिकामा रहँदै एकसरो कथा पनि तयार गरे। शुक्रबारदेखि नेपालका पर्दामा आउन लागेको 'ढुवानी' उनले त्यतिबेलै तयार पारेको कथाको दृश्य प्रस्तुति हो।
'सानातिना घटना जस्ता लागे पनि चेलीबेटी बेचबिखन संस्थागत अपराध हो। फिल्मले त्यो अपराधलाई उजागर गर्छ,' पिताम्बरले भने।
'गाउँमा दलाल कसरी आउँछ, कसरी उसले सोझासाझा चेलीलाई प्रलोभनमा पार्छ? र नेपालका बोर्डरबाट विदेशमा निर्यात गर्छ? फिल्मले यिनै प्रसंगलाई उठाएको छ,' पिताम्बरले अवगत गराए।
गम्भीर विषय भएकोले लामो अनुसन्धान गरिएको उनको दाबी छ। फिल्म बनाउने सिलसिलामा उनी सुर्खेत, जमुना, कोठियाघाट, रुपेडियाजस्ता ठाउँ पुगेका थिए।
चेलीबेटी बेचबिखनका लागि नेपालमा कहलिएका थुप्रै ठाउँ भए पनि उनले पश्चिमको सुर्खेतबाट कथा उठाएका छन्।
'नेपालमा करिब १८ सय किलोमिटर सिमा भारतसँग जोडिएको छ। तपाईंले कथा यो परिधिभित्र जहाँबाट पनि उठाउन सक्नुहुन्थ्यो तर फिल्ममा नयाँ परिवेश आओस् भन्ने हिसाबले सुर्खेत छनोटमा परेको हो,' उनले भने।
प्रोमो सार्वजनिक भएपछि फिल्मले राम्रै चर्चा बटुलेको छ। तर चल्तीका कलाकार नहुँदा सोचेजति 'हाइप' पाउन सकेको छैन।
निर्देशक पिताम्बर भने फिल्मको कथा अनुसार पात्र छनोट गरिएको बताउँछन्। फिल्ममा अभिनय गरेका किशोर खतिवडा, धीरेन्द्रराज थापा र अनु गायक काठमाडौंमै फाइनल गरेर गएको भए पनि फिल्ममा बेचिने चेलीको रुपमा अभिनय गर्ने सगुन शाही सुर्खेतमै अडिसनबाट छानिएकी थिइन्।
'म सकभर नयाँ अनुहार लिन चाहन्थें। जस्तो सुकै भए पनि प्रशिक्षण दिएर चरित्रमा ढाल्छु भन्ने विश्वास थियो। फिल्मको फाइनल आउटपुट हेर्दा मेरो विश्वास सही थियो भन्ने लागेको छ,' उनले भने।
'ढुवानी'ले यसपटक मानव बेचबिखनबारे सतहमा आएका कथालाई देखाउने प्रयास गरेको छ। 'यो कथामा धेरै आयाम छन्। दर्शकले मन पराउनुभयो भने दोस्रो भाग पनि बनाउनेछौं,' पिताम्बरले भने।
शुक्रबारदेखि चल्न लागेको फिल्मलाई कविता फिल्मस्ले निर्माण गरेको हो भने पटकथा निर्देशक स्वयंले लेखेका हुन्। पिताम्बरले यसअघि 'ब्याच नम्बर १६' निर्देशन गरेका थिए।

Category: News

0 comments