तीन दिनमा ९० लाख आइफोन बिक्री

Unknown | 02:13 | 0 comments

न्युयोर्क- एप्पलको पछिल्लो उत्पादन आइफोनले अहिलेसम्मका सबै पुराना रेकर्ड तोडेको छ। विश्व बजारमा एप्पलले ३६ घन्टामा ९० लाख आइफोन बिक्री गरेको छ। कम्पनीका दुई नयाँ आइफोन ५ एस र ५ सी को माग विश्व स्मार्टफोन बजारमा उच्च देखिएको हो।

एप्पलका अनुसार आइफोन ५ एसको माग उसको उपलब्धता भन्दा बढी आएको छ। आइफोनको माग बजारमा चुलिएपछि सेयर बजारमा त्यसको प्रभाव परेको छ। बजारमा आइफोनको माग ह्वात्तै बढेसँगै एप्पलको सेयर ६ प्रतिशतले बढेको छ। यस अघि एप्पलको सेयर वृद्धिदर ४ प्रतिशत थियो।

कम्पनीका मुख्य कार्यकारी अधिकृत टिम कुकले नयाँ आइफोनको बजारमा माग बृद्धि भएको उल्लेख गरे। आइफोन ५ एसको पहिलो उत्पादन बिक्री भइसकेको र बढ्दो मागलाई ख्याल गर्दै यसलाई बढी भन्दा बढी मात्रामा बजारमा ल्याउन लागिएको कुकुले बताए।

एप्पलले सेयर बजारका अधिकारीलाई पठाएको पत्रमा कम्पनीको मुनाफा वर्षको अन्तिमतिर ३४ अरबबाट ३७ अरब डलर पुग्नसक्ने बताएका छन्।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments