३ लाख रुपैयाँ पर्ने ह्विस्की नेपालमा
|
|
काठमाडौं – सिभास ब्रदर्सले स्कच ह्विस्की 'रोयल स्यालुट सिक्टीटु गन' सार्वजनिक गरेको छ। बेलायतको शाही परिवारको विशेष अवसरमा उत्पादन गरिने ह्विस्कीमध्ये सिक्टीटुलाई पनि सार्वजनिक गरिएको हो। नेपालमा यसको मूल्य करसहित ३ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। नेपाली बजारमा उपलब्ध यो सबैभन्दा महँगो मदिरा हो।
केही महिना अघि जोनी वाकर एन्ड सन्सले ९९ हजार पर्ने जोनी वाकरको ओडिसी ह्विस्की नेपालमा सार्वजनिक गरेको थियो। महँगा मदिरा भित्रिने क्रममा मास्टर ब्लेन्डरको चौथो पुस्ताको प्रविधि रहेको प्रिमियम ह्विस्की रोयल स्यालुट भित्रिएको हो। सिभास ब्रदर्शले बेलायती महारानी एलिजावेथलाई सम्मान गर्दै यो ह्विस्की उत्पादन थालेको थियो। त्यसैको विभिन्न शृंखलामध्ये सिक्टीटु ह्विस्कीलाई पनि सार्वजनिक गरेको हो। एलिजावेथ द्धितीयको पछिल्लो जन्मदिनको अवसर पारेर सिक्टी टु ह्विस्कीलाई सार्वजनिक गरिएको हो। विश्वकै महँगो मदिरामा पर्ने यो ब्रान्डलाई मास्टर ब्लेन्डरले सन् १९५३ मा सार्वजनिक गरेका थिए। बेलायतमा राजा वा रानीले राज्यभिषेक गर्दा वा अन्य कुनै अवसर हुँदा रोयल स्यालुट ह्विस्कीको उतपादन हुँदै आएको छ।
'यो ह्विस्की शाही परिवारप्रति समर्पित गर्दै उत्पादन गर्दा गर्वको अनुभुति भएको छ,' रोयल स्यालुटका मास्टर ब्लेन्डर कोलिन स्कटले भने।

Category: News

0 comments