मुखले नमान्नेलाई हातगोडाले सम्झाइन्छ- महेश बस्नेत

Unknown | 01:44 | 0 comments

२६ भदौ, बिराटनगर । एमालेनिकट युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नेतले अबको चुनावमा मुखले सम्झाउँदा नमान्नेलाई भौतिक कार्वाही गर्न पछि नपर्ने बताउनुभएको छ । ‘युवा संघले पहिले मुखले सम्झाउँछ, त्यति गर्दा मानेन भने हातगोडाले सम्झाउँछ’, मोरङको उर्लाबारीमा आयोजित कार्यकर्ता भेटघाटमा बस्नेतले यस्तो उत्तेजक अभिव्यक्ति दिनुभएको हो ।


अहिलेसम्म माओवादी नसुधि्रएकाले उसलाई सुधार्न महिला र पुरुषको छुट्टाछुट्टै युथ फोर्स गठन गर्नुपरेको उहाँको भनाइ थियो । ‘हाम्रा साथीहरु अबका दिनमा अतिवाद लाद्ने जो कोहीलाई आक्रमणको निशाना बनाउन सक्षम हुनुहुन्छ,’ बस्नेतले भन्नुभयो, कसैलाई सुधार्न मुखले भन्दा नभएपछि भौतिक कार्वाही पनि आवश्य पर्छ ।’

‘कुनै पनि अतिवादका लागि भनेको ‘युथ फोर्स मनोवैज्ञानिक आक्रमण हो’, बस्नेतले भन्नुभयो, ‘आवश्यक परे युथ फोर्सले ढुङ्गा पनि हान्न सक्छ ।’ आगामी मंसीर ४ गते हुने संविधानसभाको चुनावमा एमालेलाई बहुमत दिलाउन युवा संघ सक्रिय भएर लाग्ने उहाँले बताउनुभयो ।

विगतको चुनावमा एमालेको हार भएकै कारण देश सफल हुन नसकेको उल्लेख गर्दै बस्नेतले अबको चुनावमा एमालेको बहुमत आउने दाबी गर्नुभयो । कांग्रेसको आर्थिक उदारीकरण र खुल्ला बजारीकरणका कारण नेपाली युवाहरु कृषिबाट विस्थापित भई विदेश पलायन भइरहेको उहाँले आरोप लगाउनुभयो ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments