‘कमेडी नाइट्स विथ कपिल’को सेटमा आगो लाग्यो

Unknown | 01:15 | 0 comments

आज बिहान करिब ८ बजे कर्लस च्यानलबाट प्रशारण हुदै आएको सर्वाधिक लोकपि्रय रियालिटी शो ‘कमेडी नाइट्स विथ कपिल’को सेेटमा आगो लागेको छ । विजुली सर्ट भएर आगो लागेको बताइएको छ । मुम्बइको फिल्म सिटीमा यो शोको भव्य सेट बनाइएको छ । सेटमा लाइटम्यान, स्पोर्ट ब्वाई रहेको बताइएको छ ।
आगो लागे लगतै उनीहरु त्यहाँबाट बाहिर निस्किएका थिए । कलर्स च्यानलका प्रवक्ताले पनि पुष्टि गर्दै घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । शो को सुटिङ नभएकाले धेरै मानिसहरु सेेटमा उपस्थित थिएनन् । शो को सुटिङ आज बेलुकी गर्ने तयारी गरिएको थियो ।

भारतमा सर्वाधिक टीआरपी रेटिङ रहेको बताइएको यो शोलाई कपिल शर्माले संचालन गर्दै आएका छन् । आगोको कारण धेरै नै क्षती भएको बताइन्छ । मुख्यतया आगो ड्रेसिङ रुममा बढि सल्केको थियो । अहिले आगोलाई नियन्त्रणमा लिइसकिएको छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments