‘तिहारमा फूल होइन, सियोधागो पनि आयात गर्नुपर्छ’

Unknown | 00:47 | 0 comments

असोज ७, अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आयातमुखी अर्थतन्त्रबाट आर्थिक क्रान्ति सम्भव नहुने बताउनु भएको छ । उद्योग मन्त्रालयअन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रमले गरेको छलफलमा मन्त्री कोइरालाले उत्पादनमुखी अर्थतन्त्रबाट मात्र दिगो विकास सम्भव हुने बताउनुभयो ।

उद्योगमन्त्री समेत रहेका कोइरालाले जनताको आर्थिक अवस्था मजबुत बनाउन स्थानीय उद्यमी र उद्योगहरुलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । लगानीमैत्री वातावरण र राजनीतिक स्थायित्व भएमा लगानीकर्ताहरुको उपस्थिति बढ्ने बताउँदै उहाँले प्रस्तावित वैदेशिक नीतिले यही मूल्य र मान्यतालाई आत्मसात गरेको बताउनुभयो ।


‘आसन्न दशैं तिहारमा फूलमाला मात्र हैन् माला उन्ने सियो धागो पनि बाहिरैबाट ल्याउनुपर्ने अवस्था छ । जसबाट करोडौंको पैसा बाहिरिन्छ ।’ मन्त्री कोइरालाले भन्नुभयो- ‘यो अवस्थालाई दृष्टिगत गरी हामीले स्थानीय उत्पादनमा लगानी बढाउनु पर्छ । जनताको जीवनस्तर उठाउने यस खालका कार्यक्रममा आर्थिक श्रोतको अभाव हुन दिइने छैन् ।’

द्वन्द्वकालमा पनि घरेलु उद्योग र उत्पादन कम प्रभावित भएको आफ्नो अनुभव सुनाउँदै मन्त्री कोइरालाले साना व्यवसायीको प्रवर्द्धनबाट मात्र उत्पादनमुखी अर्थतन्त्रको यात्रा प्रारम्भ हुने बताउनु भयो ।
उद्योग मन्त्रालयका सहसचिव तथा कार्यक्रमका राष्ट्रिय निर्देशक यामकुमारी खतिवडाले गरिवी निवारण कार्यक्रमको लक्ष्य भएकाले सरकारसंगको सहयात्रा थप प्रभावकारी भएको बताउनु भयो ।
कार्यक्रमका राष्ट्रिय प्रबन्धक डा. लक्ष्मण पुनले दक्ष जनशक्ति पलायनका कारण काम गर्नमा कठिनाई आउने गरेको बताउनु भयो ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments