सम्भोग टार्ने पुरुषका अनौठा बहाना ?

Unknown | 02:49 | 0 comments

बेलायती पुरुषहरुमा आफ्नो पार्टनरसँगको सेक्समा अरुची बढ्दै गएको अध्ययनले देखाएको छ । एक वेबसाइटले गरेको अध्ययन अनुसार हरेक तिन जनामा दुइ जना बेलायती पुरुषहरु आफ्नी पार्टनरसँगको सेक्स टार्नका लागि आफु निकै थाकेको बहाना बनाउने गरेका छन् ।

सर्भेक्षण अनुसार ४७ प्रतिशत पुरुषहरु आफु सेक्स गर्ने मूडमा नभएको भन्ने खश्रो जवाफ दिएर श्रीमतीलाई पिठ्यू फर्काइदिएर सुत्छन् भने हरेक पाँचमा एक जनाले टाउको दुखेको बहाना पार्दै श्रीमतीलाई छल्छन् अर्थात् श्रीमतीसँगको यौनक्रिडाबाट उम्किन्छन् ।

पुरुषहरुले श्रीमतीसँग सेक्न नगर्नका लागि अपनाउने अरु बहानाहरुमा आफु घरपालुवा जनावरको हेरचाह गर्दा निकै थाकेको देखि लिएर आफु टेलिभिजन हेर्ने काममा व्यस्त भएको सम्म हुने गरेका छन् ।

अध्ययन अनुसार कतिपयले आज मौसम खराब रहेको भन्ने बहाना बनाएर मौसमलाई दोष दिँदै श्रीमतीको आलिंगनबाट उम्किने जुक्ति अपनाउँछन् ।

अध्ययनले के कुरा पत्ता लगाएको छ भने बेलायती पुरुषले यसरी पार्टनरसँग संसर्गमा रुची नदेखाउनुको मुख्य कारण उनीहरुमा यौन उत्तेजनाको कमी र लिंग उत्तेजित नहुने समस्या प्रमुख हो । अध्ययनमा लिइएका झण्डै एक चौथाइ पुरुषहरुले आफुमा यौनिक समस्या रहेको स्विकार गरे भने ७ प्रतिशत लिंग उत्तेजित नहुने समस्याबाट पीडित रहेको पाइयो । यद्यपि केवल १६ प्रतिशत महिलाले मात्र आफ्नो श्रीमानमा यस्तो यौनिक समस्या रहेको स्विकार गरे ।

अध्ययनबाट के निष्कर्ष निस्कियो भने, ६० प्रतिशत पुरुषले आज म निकै थाकेको छु भनेर सेक्स टार्छन्, ४७ प्रतिशतले आज मलाई सेक्स गर्ने मूड छैन भनेर तर्किन्छन्, २० प्रतिशतले टाउको दुखेको बहाना पार्छन् । त्यस्तै ७ प्रतिशतले आफ्नो लिंग कहिल्यैपनि उत्तेजित नभएको पीडा पोखेका छन् भने केवल १६ प्रतिशत महिलाले मात्र आफ्नो लोग्नेको लिंग उत्तेजित नहुने समस्या रहेको पत्तो पाएका छन् ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments