'अझै कति गम्भीर भइदिनु मैले?'

Unknown | 00:16 | 0 comments

नेपाल लिट्फेस्टमा शनिबार र आइतबार सहभागी हुने भारतीय लेखक शोभा डे त्यहीँको लेखक र मनोरञ्जन दुनियाँमा अक्सर छाइरहन्छिन्। उनीसँगकव इमेल वार्ता पढ्नुहोस्:

काठमाडौं यसअघि आउनुभएको थियो?
पाँचपटक आएकी छु। यस अर्थमा म भाग्यमानी छु। नेपाल जसलाई पनि मन पर्छ। मलाई पनि मन पर्छ। काठमाडौंको साँस्कृतिक आकर्षणले मलाई खिचेको छ।

हिजोआज के लेखिरहनुभएको छ?
अखबार र पत्रिकाका लागि हप्तामा चारवटा स्तम्भ लेख्नु मेरो नियमित काम भएको छ। ट्वीटरमा झुन्डिइबस्नु, ब्लगमा रमाउनु मेरो सोख हो। नयाँ किताब अर्को महिना बजारमा आउँछ होला। त्यसको नाम 'नेभर अ डल डे' छ। त्यो लैंगिक विषयमा मैले लेखेका अखबारी स्तम्भहरूको संग्रह हुनेछ।

साहित्यिक पुस्तकको तयारी छैन?

नयाँ उपन्यास आगामी पुसदेखि लेख्न थाल्छु। गत वर्ष निस्केको पछिल्लो उपन्यास 'सेठजी' ले राम्रै बजार लिइरहेको छ।

हिजोआज लिटफेस्टहरूको माहोल छ हगि? कत्तिको जाने गर्नुहुन्छ?

जान्छु। लिटफेस्टमा लेखकमात्रै नभएर पाठकसँग पनि भेटघाट हुन्छ। प्रत्यक्ष सुझाव पाइन्छ, छलफल हुन्छ। त्यही भएर विभिन्न लिट्फेस्टहरूलाई मैले सक्दो सघाउने गरेकी पनि छु। भारतका दुई साहित्यिक महोत्सवको सल्लाहकार समितिमा समेत म बसेकी छु। पाठक र अरू समकालीन लेखकसँग निरन्तर अन्तर्क्रियामा रहनु कुनै पनि लेखकका लागि महŒवपूर्ण हुने गर्छ। लिटफेस्टले यही मौका दिन्छ। काठमाडौं आउनका लागि मलाई मेरै एक सहकर्मी लेखकले हौस्याएका थिए। म खुसीसाथ आएँ पनि।

तपाईं पहिले सम्पादक पनि हुनुहुन्थ्यो। एउटा लेखकका लागि सम्पादक पनि हुनु कति फरक अनुभूति हो?

सम्पादकको भूमिका अलि फरक हुन्छ। त्यसबाहेक म पेन्गुइनसँग आबद्ध प्रकाशक पनि हुँ। अरूका पाण्डुलिपि पढ्न रुचाउँछु। प्रकाशन र सम्पादन गर्नुभन्दा लेखक हुनु त कता हो कता मजा नि।

तपाईंले लेख्ने गरेका पुस्तकलाई साहित्यकारहरूले हल्काफुल्का साहित्यमा दर्ज गरिदिन्छन्। 'गम्भीर लेखक' हुन सकिनँ भनेर लघुताभास हुँदैन?

मैले तपाईंको आशय बुझिनँ। म सत्रवटा बेस्ट सेलर पुस्तककी लेखक हुँ। यसमा गैरआख्यान पनि पर्छन्। म आफूलाई गम्भीर लेखक मान्छु। मेरा पुस्तकमाथि पचासभन्दा बढी पिएचडी थेसिस भइसके। कतिपय पुस्तक त विश्वका विभिन्न विश्वविद्यालयमा नै पढाइ हुन्छन्। बीसभन्दा बढी भाषामा अनुवाद भएका छन्। अझै यो भन्दा कति 'गम्भीर लेखक' भइदिनुपर्योप मैले?

अन्त्यमा, नेपाली पाठक र शुभचिन्तकलाई केही भन्नुछ?
नेपाल लिटफेस्टमा यसपालि थुप्रै शुभचिन्तक र पाठकसँग भेट होला। कतिले त मेरा पुस्तक पढेका पनि होलान्। भेट्न उत्साहित छु।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments