सुमिनाको सेक्सी सिनेमा बेलायतमा पनि

Unknown | 02:24 | 0 comments

नायिका सुमिना घिमिरेलाई हट अवतारको रुपमा देखाइएको चलचित्र ‘नाइन ओ क्लक’ बेलायतको स्विन्डन शहरमा प्रदर्शन गरिएको छ । नेपाली कला र संकृतिको जगेर्ना गर्नुका साथै परोपकारी कार्यका लागि सिनेमा प्रदर्शन गरिएको हो ।

धन सम्पत्ती आर्जनका लागि एक यूवतीले के कस्ता हर्कत गर्छे र त्यसले कस्तो परिणाम निकाल्छ भन्ने बिषयलाई यो सिनेमाले देखाउन खोजेको छ ।

चलचित्र प्रदर्शन कार्यक्रममा नायक धु्रव दत्त र उनकी श्रीमती रत्न लम्गादेलाई सम्मान गरिएको थियो । यो सिनेमाको प्रदर्शनबाट उठेको रकम नेपाली भवन निर्माण तथा दार्चुलाका बाढि पिडितहरुका लागि खर्च गरिनेछ ।

आर्यन फिल्मस्को ब्यानरमा रमेश संवेदनाले निर्माण गरेको यो चलचित्रलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् । सिनेमा प्रदर्शनको आयोजना भीम महेन्द्र गुरुङ, धन बुढाथोकी र यण्ड टिमले गरेको हो ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments