दसैंमा ध्यान
|
|
दसैंको उल्लासले तासको खाल जमाउने, अकाशमा चंगा चेट् पार्ने कुरा पुरानै हुन्। हल्का चिसो मौसममा टे्रकिङ र समुद्र तटतिर बरालिन निस्किनेे समूह बिस्तारै बढ्दै छ। तर यीभन्दा भिन्न वसन्तपुरको दसैंघरमा फूलपाती भिœयाइँदै गर्दा शिवपुरीस्थित नेपाल विपश्यना केन्द्रको धम्मश्रृङ्गमा यो वर्ष १० दिने ध्यान शिविरमा साधकहरू ध्यानको 'ओरियन्टेसन' लिँदै हुनेछन्।
काठमाडौंको कोलाहलले नछुने शिवपुरीको घना जंगलसँगै रहेको ध्यान केन्द्रमा दसैं शिविरका लागि अरू बेलाभन्दा ध्यानीहरूको संख्या बढी नै हुन्छ। व्यस्त जीवनको भागदौडबाट १० दिन समय निकाल्न गाह्रो हुनेहरूका लागि फुर्सद सदुपयोग गर्ने यो उत्तम काइदा हो। एकपटक ध्यानको रस चाखिसकेकाहरूले अनुभवै गरेका हुन्छन्– टे्रकिङ र समुद्र तट घुमेर प्राप्त हुने स्फूर्तिको तुलनामा ध्यानको स्फूर्तिको डिग्री कैयौं गुणा अधिक र दीगो हुन्छ। त्यसैले अरू समय व्यस्त रहनेका लागि दसैं वर्षभरिको थकान मेटाएर स्फूर्ति भर्ने र स्वनिरीक्षणमार्फत आत्मशुद्धि गर्ने सुनौलो मौका हो।
केन्द्रका लामो शिविर सञ्चालन हुने र नियमित १० दिने शिविर हुने दुवै ध्यान हलका लागि भरिभराउ हुनेगरी निवेदन आइसकेका छन्। 'भदौमै सबै बुक भएकाले पछि आउनेहरू प्रतीक्षा सूचीमै छन्', ध्यान केन्द्रको सिटी कार्यालयका उत्पन्न खड्काले सुनाए। दसैंका लागि धम्मश्रृङ्गको निर्धारित ३४० सिट भरिएपछि निवेदकहरू वीरगन्ज, लुम्बिनी र चितवनका केन्द्रतर्फ सोझिएका छन्। 'लुम्बिनी र चितवन पनि भरिइसक्यो,' उनले भने, 'वीरगन्ज केन्द्रका केही सिटमात्र बाँकी छन्।' ३४० जना आवासीय साधकको सेवाका लागि ४० जना स्वयंसेवक खटिँदै छन्। एकपटक १० दिने शिविर लिइसकेका पुराना साधकले मात्र सेवा दिन पाउने नियम छ।
इच्छाएको नपाउँदा र नचाहेको अवस्था भोग्नुपर्दा मान्छे तनावबाट मुक्त हुँदैन। व्यस्त आधुनिक जीवनशैलीमा तनाव टार्नै नसकिने समस्या बनेको छ। बौद्धिक ज्ञानी र प्रशस्त सम्पत्तिका मालिक पनि यो समस्याबाट मुक्त छैनन्। तनावलाई कसरी 'डिल' गर्ने? यो विषय महŒवपूर्ण छ र योमात्रै मान्छेको बसको कुरा हो। 'मेडिटेसन मस्ट' पुस्तकका सम्पादक डाक्टर डिबी वाद्वानी भन्छन्, 'तनावले भरिएको आधुनिक जीवनशैलीका लागि विपश्यना अचुक औषधि हो। यसले तनावलाई प्रतिक्रिया नगरी सहजै निरीक्षण गर्न सिकाउँछ।'
८ महिनापहिले बलिउड स्टार सञ्जय दत्त फेरि जेल चलान हुने खबरले उनका प्रशंसकलाई स्तब्ध पार्यो। उनलाई खुङ्खार अपराधी राख्ने नयाँ दिल्लीको तिहार जेल चलान गरिँदै थियो। त्यही बेला भारतीय नागरिक समाजकी अगुवा किरण बेदीले गरेको ट्विटले सोसल मिडियामा खुबै चर्चा पायो। उनले भनेकी थिइन्— 'नयाँ जीवन र वास्तविक मुन्नाभाइ बन्न सञ्जयले जेलभित्र विपश्यना ध्यान थालून्।' 'मुन्नाभाइ एमबिबिएस'मा दत्तलाई डनबाट सुधि्रएको चरित्रमा देखाइएको थियो।
कैदीमा प्रतिशोध अन्त्य गर्दै प्रेम र करुणाको जागरणका लागि बेदी प्रहरी प्रमुख हुँदा १९९४ मा जेलमा विपश्यना ध्यान गराउन सुरु गरेकी थिइन्। स्वनिरीक्षणद्वारा क्रमशः आत्मशुद्धि गर्दै मान्छेलाई मुक्त अवस्थासम्म पुर्याउने मार्ग भएकाले रोग निको पार्ने सामान्य लक्ष्य बोकेर विपश्यना ध्यानमा नआउनु भनिन्छ। तर मान्छेका शारीरमा देखिने धेरै रोगका कारण मस्तिष्कसँग सम्बन्धित हुने भएकाले ध्यान अभ्याससँगै रोगहरू स्वतः निको भएका थुप्रै उदाहरण छन्। 'मान्छे सधैं अरूले के गर्छ भनेर बाहिरी दुनियाँ हेर्दैमा व्यस्त हुन्छ,' विपश्यनाका क्यानडा र इजरायल हेर्ने आचार्य विलियम हार्ट सिया जी उ बाखिन जर्नलमा लेख्छन्— 'यो ध्यानपछि मान्छेले आत्मनिरीक्षण गर्न सिक्छ र संसार परिवर्तन गर्न पहिले आफूलाई परिवर्तन गर्नुपर्छ भन्ने कुरा बुझ्छ।'
प्रतिस्पर्धाको आजको युगमा कार्य क्षमता बढाएर आफूलाई अब्बल सावित गर्न सबै चाहन्छन्। सरकारी प्रशासन प्रमुख र निजी क्षेत्रका मालिकहरूको चाहना हुन्छ— कर्मचारी कामचोर नहुन्, भ्रष्टाचार नहुन्, इमान्दारीपूर्वक उत्साहले काम गरून्। चुलिँदो भौतिक प्रगति हेरिरहेका र संसारका अनेक समस्यासँग जुधिरहेका कर्मचारीलाई नैतिकवान् र फूर्ति बनाइराख्नु ठूलो चुनौती हो। यो परीक्षण भइसकेको तथ्य हो– विपश्यनाले स्वप्रेरणा जगाएर कर्मचारीमा काम गर्ने जाँगर भरिदिन्छ। र, कामको परिणाममा त्यसको प्रत्यक्ष असर पुग्दा मुलुक र मालिक दुवैलाई फाइदा पुग्छ। यही कुरा बुझेर भारतको महाराष्ट्र राज्य सरकारले कर्मचारी तथा शिक्षकहरूलाई कामकै हिस्साको रूपमा वर्षमा एकपटक यो ध्यान गराउन थालेको छ।
के हो विपश्यना?
विपश्यना साधना जो कोहीले गर्न सक्ने सरल ध्यान विधि हो। यसले साधकलाई कहीँ कतै साम्प्रदायिक घेरामा बाँध्दैन। यसको अभ्यासबाट मान्छेले प्रत्यक्ष शान्तिको अनुभव गर्छ। स्वनिरीक्षणद्वारा चित्तशुद्धि गर्ने यो पुरानो ध्यान विधि नेपालका ८ स्थानमा सिकाइन्छ। शिवपुरीस्थित धम्मश्रृङ्ग, कीर्तिपुर, चितवन, इटहरी, पोखरा, पर्सा, लुम्बिनी र सुर्खेतमा विपश्यनाका केन्द्र छन्। शिवपुरीस्थित केन्द्रमा नयाँ साधकलाई १० दिने र पुराना साधकलाई ९ दिने सतिपठ्ठानलगायत २०, ३० र ४५ दिने कोर्स सञ्चालन हुन्छन्। २ हजार ५ सय वर्षभन्दा पहिल्यै लोप भइसकेको यो ध्यान पद्धतिलाई बुद्धले खोज गरी विश्वभर फैलाएका थिए। बर्मामा जन्मेका भारतीय मूलका सत्यनारायण गोयन्काले यसलाई अहिले फेरि विश्वभरि फैलाएका छन्। नेपालमा उनैद्वारा नियुक्त आचार्यको उपस्थितिमा कोर्स सञ्चालन हुन्छ। विपश्यना सिक्न योग्यताप्राप्त आचार्यको सानिध्यमा १० दिनको आवासीय शिविरमा बस्नैपर्छ। यो ध्यान सिकाइका तीन चरण छन्— शील, समाधि र प्रज्ञा। पाँच शील पालना गर्नाले मन शान्त पारेर अगाडिको काम गर्न सजिलो हुन्छ। समाधिमा 'आनापान' ध्यान सिकाइन्छ। यसले श्वास आइरहेको र गइरहेको महसुस गर्न सिकाउँछ। तेस्रो चरणमा साधकले आफूभित्र प्रज्ञा जगाएर शरीर र चित्त दुवै तहका विकारहरूलाई आश्चर्यजनक गहिराइबाट बाहिर निकाल्छ।

Category: News

0 comments