आलु–प्याजको भाउ डेढ सय नाघ्यो
|
|
काठमाडौं - नेपाली भान्छाको आधारभूत तरकारी आलु र प्याजको मूल्य एक सय ५० रुपैयाँभन्दा माथि उक्लेको छ। बजारमा नयाँ आलु आउन थाले पनि विचौलियाले बढी नाफा लिँदा खुद्रा मूल्य अकासिएको उपभोक्तावादी बताउँछन्।
सोमबार कालीमाटी तरकारी बजारको खुद्रा स्टलवालाले रातो आलु प्रतिधार्नी एक सय ७० रुपैयाँ र प्याज प्रतिकिलो एक सय ४० रुपैयाँसम्ममा बेचे। एक साताको अवधिमै धान्नै नसक्ने गरी मूल्य बढेपछि कम आय हुने उपभोक्ता आधारभूत तरकारी नै आफ्नो पहुँचबाट टाढिने हो कि भन्ने चिन्तामा छन्। बजार भाउले मध्यम आयबर्गका उपभोक्तालाई पनि अत्याएको छ।
सोमबार दुई धार्नी आलु किन्न निस्केकी कुलेश्वरकी रञ्जु मिश्र मूल्य सुनेपछि छक्क परिन्। 'कति महँगिएको बजार भाउ? अब त खान पनि मुस्किल पर्ने भयो,' उनले भनिन्, 'सस्तोमा तरकारी खाने दिन नि गए जस्तो छ।' तरकारी किन्न बल्खु पुगेकी कीर्तिपुरकी गृहणी ललिता महर्जनले पनि यसपालिको बजार भाउलाई निकै महँगो बताइन्।
कालीमाटी फलफूल तथा तरकारी बजारमा अघिल्लो सोमबार प्रतिकेजी ४६ रुपैयाँ थोक मूल्य रहेको रातो आलु यो सोमबार ५१ रुपैयाँमा बिक्री भयो। खुद्रा बजारमा भने यसको मूल्य ६५ रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ। ठूलो गोलभेडाको भाउ सातामा १८ रुपैयाँसम्म बढेको छ। कालीमाटीमा प्याजको होलसेल १ सय ५ र खुद्रा मूल्य एक सय ४० रुपैयाँ छ।
एक साताअघि साढे ३७ रुपैयाँ प्रतिकिलो औसत थोक मूल्य रहेको ठूलो गोलभेडा सोमबार ५५ रुपैयाँमा बिक्री भयो। त्यसैगरी, सानो गोलभेडाको औसत थोक मूल्य प्रतिकिलो ४७.५ रुपैयाँ रह्यो। बन्दा, काउली, मूला, भ्यान्टालगायत अन्य तरकारीको मूल्य पनि बढेको छ। एक सातामा बन्दाको प्रतिकिलो मूल्य २२ बाट ३० र स्थानीय काउलीको ३९ बाट ५५ रुपैयाँ पुगेको छ। अकासिँदो बजार भाउबाट हरेक वर्गका उपभोक्ता निराश छन्। बबरमहल बस्ने कमलकुमार बस्नेत तरकारीको बजार भाउ सुन्दा आफ्नो मासिक आम्दानीले नधान्ला जस्तो लागेको बताउँछन्। उनी भन्छन्, 'अब मिठो तरकारी खान आम्दानीको अर्को विकल्प खोज्नुपर्ने भयो।'
यस वर्ष भारत र नेपाल दुवैमा उत्पादन कम भएपछि आलु र प्याजको मूल्य अकासिएको व्यवसायी बताउँछन्। लगातारको वर्षाले भारतबाट आलु र प्याज अपेक्षाअनुसार आयात हुन नसकेपछि मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका योजना अधिकृत विनय श्रेष्ठले बताए। आपूर्तिमा तालमेल नमिल्नु र उत्पादन लागत बढ्नु पनि मूल्य वृद्धिको कारण रहेको उनले बताए। उनका अनुसार नेपाल आलुमा ६० प्रतिशत र प्याजमा ९० प्रतिशत भारतमा निर्भर छ। यस वर्ष भारतमै माग बढी र उत्पादन कम हुँदा उताबाट प्याज र आलु कम आयात भएको थियो। यसपालि लम्बिएको मनसुनका कारण कम आयात भएको श्रेष्ठले बताए। त्यसैले माग र आपूर्तिको तालमेल नमिलेका उनको भनाइ छ। काठमाडौंमा विशेषगरी भारतबाट आयात भएको प्याज बिक्री हुन्छ। काभ्रे र मुडेबाट ल्याइने आलु पनि काठमाडौंमा बिक्री हुन्छ।
कालीमाटीको खुद्रा स्टलमा काभ्रे, मुडे र भारतबाट आयातीत आलु र प्याज बेच्दै आएका राजाबाबु शाह भने किन्ने बेलामै महँगो तिर्नु परेकोले बेच्दा पनि मूल्य बढी लिएको बताउँछन्। कालीमाटीकै खुद्रा व्यापारीकहाँ पनि आलु र प्याजको मूल्यमा एकरुपता छैन। व्यापारी दिपककुमार श्रेष्ठले रातो आलुको मूल्य प्रतिधार्नी एक सय ५० रुपैयाँ बताए। शाहले एक सय ७० रुपैयाँ पर्ने बताए। 'महँगोमा किन्नेले महँगैमा बेच्छ,' शाहले भने। किसानसँग महँगोमा किनेर दुई चार रुपैयाँ नाफा खाने गरेको व्यापारी बताउँछन्।
समग्रमा तरकारीको मूल्य बढे पनि कालीमाटी तरकारी बजार र बल्खु कृषि तथा तरकारी बजारमा आलु र प्याजको मूल्य केही फरक छ। सोमबार कालीमाटीमा एक सय ५० र एक सय ४० रुपैयाँमा खुद्रा बिक्री भइरहेको आलु बल्खुमा एक सय ३० र एक सय १० मा बिक्री भइरहेको थियो। त्यस्तै प्याज पनि एक सय २० र एक सय ३० रुपैयाँमा किनबेच भइरहेको थियो।
व्यापारीले तरकारी उत्पादन गर्ने किसानलाई कम मूल्य दिने र उपभोक्तालाई महँगोमा बेच्ने गरेको उपभोक्तावादीको आरोप छ। यो खेलले नै उपभोक्ता ठगिने उनीहरुको भनाइ छ। योजना अधिकृत श्रेष्ठ यसमा सहमत छैनन्। 'काभ्रेको मुडेबाट ल्याउँदा लाग्ने ढुवानी खर्च र मजदुरलाई दिने खर्चका कारण महँगो हुने हो,' उनले भने, 'बजारको मोलअनुसार किसानले आस गर्नु उचित होइन।'

Category: News

0 comments