कतै रेखासँग नाच्दै त कतै झगडा गर्दै विराज (भिडियो)

Unknown | 02:24 | 0 comments

यतिबेला नायक विराज भट्ट र नायिका रेखा थापा बिच वाकयुद्ध फुटेको छ । रेखा विराजलाई ‘मरेको कुकुरले शिकार नगर्ने’ बताउन पछि पर्दिनन् भने विराज रेखालाई अवधी सकिएकी नायिकाको रुपमा चित्रित गर्न पछि पर्दैनन् । रेखा र विराजको यो वाकयुद्ध चलचित्र ‘दामिनी’ र ‘काली’को बिषयमा हो ।

रेखा थापाले निर्माण गरेको चलचित्र ‘काली’ र विराज भट्टले अभिनय गरेको चलचित्र ‘दामिनी’ असोज २५ गतेबाट प्रदर्शनमा आउने भएपछि यि दुईबिच युद्ध सुरु भएको हो ।

तर चलचित्र ‘दामिनी’मा भने रेखा र विराजकै रोमान्सलाई देख्न सकिन्छ । चलचित्रमा नायिका थापासँग विराजको लोभलाग्दो केमेष्ट्री समावेश गरिएको छ । चलचित्रमा समावेश ‘भनू कि सुटुक्कै’ बोलको गीतमा विराज र रेखाले नृत्य गरेका छन् । चलचित्र ‘दामिनी’मा रेखा थापा हुनु अर्को एक प्लस पोइन्ट हो । यसैले पनि यतिबेला ‘काली’ र ‘दामिनी’को व्यापारलाई लिएर सिंगो सिने नगरीले नै उत्सकुता देखाएको छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments