Home �
News
� विद्रोहको लागि तयार रहन कार्यकर्तालाई माओवादी प्रशिक्षण
Unknown |
21:48 |
0
comments
फागुन १५, अर्घाखाँची/मुख्य राजनीतिक दलहरु नयाँ चुनाव सम्पन्न गर्नका लागि राष्ट्रिय सहमतीको सरकार गठनमा कस्सिएर लागिरहेका बेला नेकपा माओवादीले भने जनविद्रोहको लागि तयार रहन भन्दै कार्यकर्ता प्रशिक्षण शुरु गरेको छ । नेकपा-माओवादी अर्घाखाँचीद्वारा आयोजित अगुवा कार्यक्रममा प्रशिक्षण दिदै माओवादीका केन्द्रीय सदस्य सन्तोष बुढा मगरले ज्ञानेन्द्रले गरेजस्तो आगामी चुनावको कुनै औचित्य नभएको स्पष्ट समेत पारेका छन् । उनले केवल कुर्सीका लागि र सवै प्रतिक्रियावादीहरु मिलेर क्रान्तिकारीहरुलाई सिध्याउने गरी गरिने चुनाव असफल पार्नुपर्नेमा समेत जोड दिएका छन् । राजनीतिक पार्टीहरु बाह्य शक्तिको इशारामा प्रधानन्यायाधिशलाई प्रधानमन्त्री बनाउन लागेको भन्दै मगरले शक्ति पृथकिकरणको सिद्धान्त अनुसार प्रधानन्यायाधिश कुनै पनि हालतमा प्रधानमन्त्री हुन नसक्ने उनको ठोकुवा थियो । नेकपा माओवादीका मगराँत राज्य समितिका इन्चार्ज समेत रहेका बुढा मगरले अन्तिम लडाईका निम्ती तयार रहन कार्यकर्तालाई आग्रह समेत गरे ।

कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै माओवादीका मगराँत राज्य सेक्रेटरी शिशिरले शंसोधनवादीहरुसंग कित्ताकाट गरिसकिएकाले ढुक्क भएर क्रन्तिमा होमिन कार्यकर्ताहरुलाई आग्रह गरे । एकपटक धोका खाइसकेका कारण अव कुनैपनि हालतमा धोका नहुने उनले प्रतिवद्धता समेत जनाए । कार्यक्रममा माओवादीका जिल्ला सेक्रेटरी भेषराज भुसालले जिल्लाका अधिकारीहरुलाई पनि राष्ट्रवाद वा दलालको कित्ता रोज्न आग्रह गरे । राष्ट्रघाती, देशद्रोहीहरुलाई कारवाहीको शुरुवात भएको उनले बताए । कार्यक्रम माओवादीका जिल्ला इन्चार्ज भेषराज भुसालको अध्यक्षता र जिल्ला सेक्रेटरी भूवनको अध्यक्षतामा सम्पन्न भएको हो ।
Category:
News
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments