डिभोर्स गरेको खुलासा-नायिका प्रियंका कार्की

Unknown | 01:52 | 0 comments

नायिका प्रियंका कार्कीको उमेरले आजदेखि २६ औँ बसन्तमा टेकेको छ । यसै अवसरमा उनले एक रहस्य खोलेकी छिन् । रोचक मैनालीसँगको मागी विहेलाई आफूले डिभोर्समा परिणत गरेको एक वर्ष भएको खुलासा गरेकी हुन् । प्रियंकाले डिभोर्स गरेको हल्ला बाहिर आएपनि आज नै उनले यसलाई स्वीकारेकी हुन् । फिल्म 'मेरो बेष्ट फ्रेण्ड' र 'थ्री लभर्स' सकिए लगत्तै डिभोर्स गरेको प्रियंकाले बताएकी छिन् । डिभोर्स के कारणले गर्दा भयो भन्ने बारेमा प्रियंकाले खुलाउन चाहिनन् । हाल अमेरिकामा बस्दै आएका रोचक मैनालीसँग प्रेम पश्चात उनले मागी विहे गरेकी थिइन् । अमेरिकामा फिल्म एण्ड डिजिटल मिडिया प्रोडक्सनमा ब्याचलर गर्दा कम्प्युटर इन्जिनियरीङ गरिरहेका रोचकसँग प्रियंकाको भेट भएको थियो र उनीहरुले सन् २०१० जुलाई १७ मा विहे गरेका थिए । सम्बन्ध विग्रिएर नेपाल आएपछि भने प्रियंका अभिनयमा निकै व्यस्त छिन् । जे होस् प्रियंकालाई जन्मदिनको शुभकामना ।

Category: ,

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments