कर्नेल लामाको मुद्दा लड्न ६ करोड माग

NayaFilm | 18:41 | 0 comments


२५ माघ, काठमाण्डौं । नेपालमा सशस्त्र युद्धकालका बन्दीलाई चरम यातना दिएको आरोपमा बेलायतमा पक्राउ परी मुद्दा चलाईएका नेपाली सेनाका कर्नेल कुमार लामाका अधिवक्ताले मुद्दा लड्नका लागि चार लाख ४३ हजार पाउन्ड (करिब पाँच करोड ९० लाख रुपैयाँ ) शुल्क माग गरेका छन् ।

बेलायतको एक क्रिमिनल कोर्टले यही माघ १२ गते प्रारम्भिक सुनुवाईपछि लामालाई धरौटीमा छाड्न अस्वीकार गरेकेा थियो । लामाका अधिवक्ताबाट शुल्कवापत यति धेरै रकम माग भएपछि सरकराले बेलायतका लागि नेपाली राजदूत डा. सुरेश चालिसेलाई कुराकानी गरेर मिलानबिन्दु खोज्न निर्देशन दिएको परराष्ट्रका एक अधिकारीले बताएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

युद्ध अपराधमै विगतमा बेलायतमा पक्राउ परेका चिलीका राष्ट्रपति अगस्टो पिनोसेको मुद्दा हेरेको अधिवक्ता माइकल कप्लानको टोलीले लामाको मुद्दा हेरेको छ । कानुनविद् डा सूर्य सेवेदीको सल्लाहमा नेपाली दूतावासले लामाको पक्षबाट वकालत गर्न कप्लानलाई तोकेको हो । कप्लानले प्रारम्भिक बहसका लागि १३ लाख ३० हजार रुपैयाँ शुल्क लिएका थिए ।

Category: ,

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments