एन आर एन अमेरिकाका अधक्ष्य र पूर्व प्रधान मन्त्रि बीच भेटघाट

NayaFilm | 19:01 | 0 comments

काठमाडौँ ,माघ २० गते ,२०६९ , एन आर एन ,एन सी सी ,अमेरिका ( गैर आवाशीय सघ ,राष्ट्रिय समन्वय समिति )अधक्ष्य प्रल्हाद केसी हाल मात्री भुमि नेपालको भ्रमणमा रहेका छन् l अमेरिकामा बसोबास गर्ने समस्त प्रवासीहरुको साझा समस्या र एन आर एन अमेरिकाले मुलुकको बिकासको लागि लिएर हिडेको बिभिन्न योजनालाई मुर्त रुप तथा कार्यान्वन गर्न आफु नेपाल आएको बताएका छन् l
महत्वाकांक्षी उदेश्य बोकेर पुगेका केसी निरन्तर रुपमा समय ब्यबस्थापन मिलाउदै चरणबद्द रुपमा  भेटघाट गर्ने क्रममा पुर्व प्रधान मन्त्रि माधव नेपाल संग भेटघाट गरेका छन् l भेटघाटको क्रममा अधक्ष्य केसीले गैर आवाशीय सघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको तर्फबाट अमेरिकामा रहेका धेरै नेपालीहरुले बिभिन्न क्षेत्रमा लगानी गर्न चाहेका भन्दै यसको लागि सरकार तथा राजनैतिक दलहरुले लगानी कर्ताहरुको लगानीको सुरक्षाको प्रत्याभूति गर्नु पर्ने र लगानीलाई झन्झटमुक्त बनाई सरल गराउनु पर्ने आग्रह गरेको जानकारी दिए l भेटघाट गर्ने क्रम मै दोहोरो नागरिकता र दोहोरो करको लागि सरकार तथा राजनैतिक दलहरुले बिचार गर्नु पर्ने कुराको जोड दिनु भएको थियो l एन आर एन ,अमेरिकाले जल बिद्युतमा ठुलो लगानी भै सकेको र अझ पनि अमेरिकामा मुलुकको राजनैतिक स्थितिले गर्दा लगानी गर्न बिस्वासको वातावरण नभएको जानकारी गराएको बताए l
एन आर एन अमेरिकालाई अझ सशक्त र क्रियाशील बनाउने हेतुले स्वास्थ्य मन्त्रि राजेन्द्र महतो तथा पुर्व विदेश मन्त्रि तथा उप प्रधान मन्त्रि सुजाता कोइरालासंग पनि भेट गरि अमेरिकामा बस्ने प्रवासी नेपालीहरुको तर्फबाट दोहोरो नागरिकता र दोहोरो कर सम्बन्धि कुरा उठाएको र दुबैले सकारात्मक रुपमा लिएको जानकारी दिए l शिघ्र राष्ट्रपति र अमेरिकन राजदूतसंग पनि भेट्ने योजना रहेको बताए l
यसै बीच माघ २०गते ,काठमाडौँको शंख उद्यान (पार्क )मा  आयोजित  मोरंग जिल्ला ,सिजुवा समाजको तत्वधानमा एन आर एन अमेरिकाका अधक्ष्यको प्रमुख आतिथ्यमा बार्षिक कार्यक्रम सम्पन्न भएको थियो l उक्त कार्यक्रममा करिब ३०० जना जति बिभिन्न ब्यबसायमा संलग्न रहेका काठमाडौँ भित्र बसोबास गरेका सिजुवा समाजका सदस्यहरु रहेका थिए भने यसको मुख्य उदेश्य भै परि आउने आर्थिक तथा अन्य सहयोग जुटाउने लक्ष्य रहेको समाजले अवगत गराएको थियो l यो समाजमा बिभिन्न राजनैतिक विचार र आस्थाका सदस्य रहेता पनि सहयोग समयमा राजनैतिक कुरालाई किनारा लगाउदै मानवीय सेवामा लाग्ने भनि समाजले जनाएको कुरा अधक्ष्य केसीले दिए l आफनै श्रोत परिचालन र संकलन गरि एउटा अद्वितीय नमुनाको रुपमा लाने समाजले जानकारी दिएको बताएका छन् l
एन आर एन अमेरिकाले पनि भविष्यमा यो उदाहरणीय समाजसंग नजिक रहने र कसरी सहयोग गर्न सकिन्छ भनि सहयोगको लागि पहल गर्ने विश्वास दिलाएको केसीले जनाए lर कार्यक्रम औपचारिक रुपमा गरिएको थियो l
विजय थापा
भर्जिनिया ,अमेरिका

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments