विहेको गाडी हेर्दा ज्यान गयो
|
|
दमक ।
झापाको घैलाडुव्वामा गुडिरहेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा विजुलीको पोलमा ठोक्किएर आज एक विद्यार्थीको ज्यान गएको छ ।
लक्ष्मीपुर चकचकी सडकअन्तर्गत घैलाडुव्वा ७ मा पाथिभरा कलेज घैलाडुव्वाका कक्षा ११ का विद्यार्थी नेत्र कार्कीको विजुलीको पोलमा टाउको ठोक्किँदा घटनास्थलमै ज्यान गएको हो ।
विहान पौने ११ बजे सो पाथिभरा कलेजको ना२ख १९२० नम्बरको बसमा सवार घैलाडुब्बा–५ का १८ बर्षीय कार्कीले विहेको गाडी हेर्न झ्यालबाट टाउको बाहिर निकाल्दा विजुलीको पोलामा ठोक्किएर ज्यान गएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
घटनापछि प्रहरीले गाडीका चालक चकचकी–३ का बिष्णुकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ ।
|
|


0 comments