महोत्तरी जिल्लामा तीन जनाले पङ्खामा झुन्डिएर आत्मा हत्या गरे

NayaFilm | 09:30 | 0 comments


गौशाला, माघ २६- महोत्तरी जिल्लाका बेग्लाबेग्लै ठाउँमा तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन्। सिंग्याही गाविस-१ बस्ने अलजानी अन्सारीकी पत्‍नी २४ वर्षीया रहाना खातुन, गौरिवास-१ बस्ने १८ वर्षीया सम्झना खड्का र बर्दिबास-८ स्थित खड्का गेस्ट हाउसमा गएराति बास बस्न आएका नाम नखुलेका एक पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

खातुनलाई आज बिहान आफ्नै सुत्ने कोठाको पङ्खामा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला पारिएको हो। खड्का हिजो बेलुका ६ बजे आफ्नै घरको पङ्खामा झुण्डिएको तर उनलाई बेहोस अवस्थामा बर्दिबास अस्पतालमा लैजाँदै गर्दा बाटामै मृत्यु भएको बताइएको छ।

पहिचान नखुलेका व्यक्तिलाई गएराति साढे ८ बजे कोठाको पङ्खामा गलबन्दीको पासो लगाइ झुण्डिएको अवस्थामा भेटाइएको प्रहरी निरीक्षक बाबुराजा खड्काले बताए। मृतक तीनैजनाको शव परीक्षणका लागि अञ्चल अस्पतालमा जनकपुर पठाइएको छ। रासस

Category: ,

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments