Home �
News
� सञ्चय कोषको १० अर्ब ऋण सहयोग
Unknown |
02:53 |
0
comments
जहाज किन्ने बाटो खुल्योः
काठमाडौं, असार ४ । नेपाल वायुसेवा निगमलाई नयाँ विमान खरिदका लागि बाटो खुलेको छ । कर्मचारी सञ्चय कोषले १० अर्ब रुपैयाँ ऋण दिने सहमति गरेसँगै निगमलाई न्यारो बडिका ३२०–२०० नामका दुई वटा विमान खरिद गर्न बाटो खुलेको हो ।
आज कर्मचारी सञ्चय कोषमा कोष र निगमबीच ऋण सहयोग सम्बन्धी सम्झौता भएको हो । कोषले सरकारको जमानतमा निगमलाई वार्षिक १२ प्रतिशत व्याजदरमा व्याज पूँजीकरण सहित १० अर्ब रुपैयाँ ऋण दिने सम्झौता गरेको हो ।
खरिद हुने विमानको पहिलो व्यापारिक उडान नभएसम्मको ब्याज पूँजीकरण हुने छ । १५ वर्षभित्र साँवा ब्याज तिर्नेगरी दिइएको ऋण निगमले प्रत्येक त्रैमासिकमा भुक्तानी गर्दै जाने सहमति भएको छ ।
कार्यक्रममा निगमका महाप्रबन्धक मदन खरेलले ऋण सम्झौतासँगै विमान खरिद सुनिश्चित भएको बताए । कोषका प्रशासक कृष्णप्रसाद आचार्यले निगमले संस्थागत सुशासनलाई ध्यान दिनुपर्ने वताउँदै नयाँ विमान प्राप्त गरेपछि निगमको आर्थिक स्थिति पनि बलियो हुने विश्वास व्यक्त गरे ।
निगमले करिब २५ वर्षपछि पहिलो पटक सरकारको जमानीमा दुई वटा विमान खरिद गर्न लागेको हो । वार्षिक करिब १ खर्बको कारोबार हुने पर्यटन क्षेत्रमा निगमको ४ प्रतिशत पनि हिस्सा छैन् ।
दुई वटा विमान खरिदपछि निगमको आर्थिक स्थितिमा सुधार आउने र अन्तर्राष्ट्रिय पर्यटकको संख्यामा बृद्धि आउने अपेक्षा गरिएको छ ।
src-image channel

पुरा भिडियो हेर्न यहा किलिक गर्नुहोला
Category:
News
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments