देश भक्तिको नया गीत

Unknown | 03:47 | 0 comments

देश भक्तिको नया गीत देश रहे जनता रहने हो । अनि नेपाल रहे नेपाली रहने हो । साथी हरुले रातो र चन्द्र सुर्य त हेर्नु र सुन्नु भएको नै होला । जसरी त्यो गीत सुनेर हाम्रो नाडीमा तातो रगत र हामी गोर्खाली वीर भन्ने भाव सिर्जना हुन्छ । हो तेस्तै खालको नया गीत सिर्जना भएको छ । देश भक्तिको भावले यो गीत ओतप्रोत रहेको छ । यो गीतमा आफू मरे पनि मेरो देश नेपाल बाचिरहोस भन्ने भाव रहेको छ । एकदमै नया स्वर शब्द र संगीत रचना रहेको छ । सबै नेपालीको वीरगाथाले भरिपूर्ण रहेको छ । यो गीतको अर्को विशेसता भनेको यसको शब्दले सम्पूर्ण नेपालीको मुटू लाई छुन सक्ने किसिमको रहेको छ । हामी पहिले पनि वीर थियो आज पनि हामी वीर नै रहेको छ । हामी नेपाली कसैको अगाडी नझुक्ने साच्चै को वीर नेपाली हौ । यो मेरो देश नेपाल बोलको गीतमा नेपालका सम्पूर्ण कुरा हरुको वर्णन गरिएको छ । यो गीतमा हिमाल पहाड छहारी खोलानाला देखि लिएर हाम्रो गौरब गौतम बुद्ध सम्मको शब्द रहेको छ । हेटौडाका नवगायक सार्कराज बानियाको स्वर , शब्द रचना र संगीत रहेको छ ।नया आउन लागेको मनको कुरा एल्बममा यो गीत समेटिएको छ । तपाईहरु पनि हेर्नुहोस् यो भिडियो। साच्चै नै म मरे पनि मेरो देश नेपाल बाचिरहोस रही रहोस ॥॥ नया देश भक्तिको गीत भिडियो हेर्नको लागि क्लिक गर्नु होस।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments