"केटी भनेको भर्जिन हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ"

Unknown | 23:14 | 0 comments

‘केटी भनेको क्युट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ’ रिलिजको तयारीमा रहेको फिल्म होस्टेलका नायकद्वय अनमोल केसी र सलोन बस्नेत पालैपालो भन्छन्– ‘केटी भनेको हट नै हुनुपर्छ, क्युट त पप्पी पनि हुन्छ।’ होस्टलको प्रोमो र सामाजिक सञ्जालबाट अनमोल र सलोनको यस्ता संवाद सार्वजनिक भएपछि यही प्रकारका संवाद सामाजिक सञ्जालदेखि बलिउडसम्म पैmलिएका छन्।


सर्वसाधारणदेखि कलाकार, पत्रकार, निर्माता, निर्देशकसम्मले यस्तो किसिमको संवाद बनाई फेसबुकमा पोस्ट गर्न थालेपछि होस्टलको प्रमोसन सरल र रोचक बन्न पुगेको छ। फिल्मको डाइलगको फलो गर्दै फेसबुकमा निरन्तर पोस्ट भइरहेका छन्– ‘मान्छे भएर बिन्दास हुनुपर्छ, सिरियस त बिरामी पनि हुन्छ।’ अर्को कसैले पोस्ट गरेछ– ‘केटी भनेको भर्जिन हुनुपर्छ पब्लिक त ट्वाइलेट पनि हुन्छ।’

केटीहरुले पनि केटालाई छोडेका छैनन्, एक फेसबुक युजरले डाइलग बनाएका छिन्– ‘ब्वाइफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ।’ फेरि अर्कोले टिप्पणी गरेका छन्– ‘केटी भनेको त सोझी पो हुन पर्छ, बांगो त कुकुरको पुच्छर पनि हुन्छ।’

अर्का फेसबुक युजरले थपेका छन्– ‘केटी भनेको बोल्ड र ब्युटी पो हुनुपर्छ फेयर एन्ड लभ्ली त क्रिम पनि हुन्छ।’ आधुनिक जमानाको प्रतिनिधित्व गर्दै केटीबाटै कमेन्ट आएको छ– ‘केटी भनेको मस्त हुनुपर्छ भर्जिन भनेको त रक्सी पनि हुन्छ।’ त्यसै गरी होस्टलको संवादलाई लिएर नेपालको झन्डाको सान बढाइएको छ– ‘झन्डा त हाम्रो नेपालको जस्तो पो हुनुपर्छ, चारपाटे त सिंगान पुछ्ने रुमाल नि हुन्छ।’ राजनैतिक नेताहरुलाई पनि छोडिएको छैन। फेसबुकमै भनिएको छ– ‘नेता त सबै हुन्छन् तर संविधान बनाउने कम नै हुन्छन्।’ कमसल उत्पादनलाई उडाउँदै भनिएको छ– ‘पहिचान भनेको नेपाली हुनुपर्छ, चाइनिज त मोबाइल पनि हुन्छ।’

फेसबुक प्रयोगकर्तालाई चाहिँ व्यंग्य गरिएको छ– ‘स्टाटस भनेको त आफ्नो स्टाइलको हुनुपर्छ, कपी पेस्ट त जसले पनि गर्छ।’ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दिइएको छ– ‘स्टुडेन्ट भएपछि त इन्जिनियर पो हुन पर्छ, डाक्टर त बाबुराम भट्टराई पनि हुन्छन्।’ देशसँग जोडेर पोस्ट भएको छ– ‘देश भनेको त मेरो नेपाल जस्तो पो हुनुपर्छ हिमाल पहाड तराई भाको, मरुभूमि त साउदीमा नि हुन्छ।’ फेरि नेतालाई नै व्यंग्य– ‘छोरा भनेको भलादमी हुनुपर्छ, सुशील त कोइराला पनि छ।’

बल र बुद्धिको पुरानो बहसमाथि भनिएको छ– ‘मान्छे त बुद्धिमान पो हुनुपर्छ, बलवान त खैनी पनि हुन्छ।’ अध्ययनलाई जोड दिँदै एक जना युजरले लेखेका छन्– ‘जाँच दिएपछि त विशिष्ट श्रेण्ँी पो आउनुपर्छ, पास त फिल्महलमा पनि हुन्छ।’

कुरा बलिउड हिरोको पनि आएछ– ‘साथी त भलादमी पो हुनुपर्छ, चुलबुल त सलमान खान छँदै छ नि।’
साँचो प्रेमका लागि पनि कमेन्ट पोस्ट भएको छ– ‘लभ गरेपछि ट्रयु लभ पो गर्नुपर्छ फल्स त आइमाईको सारीमा नि हुन्छ।’ फेरि केटीलाई नै व्यंग्य छ– ‘केटी भनेको त राम्री हुनुपर्छ, सुन्दरी त बाँदर्नी पनि हुन्छे नि।’ अर्को प्रसंग भेटियो– ‘केटी भनेको सेक्सी हुनुपर्छ, मायालु त जाबो साबुन पनि हुन्छ नि।’ अर्को तर्क– ‘केटी भनेको लभ्ली पो हुनुपर्छ, एङ्ग्री त बर्ड नि हुन्छ नि।’ त्यस्तै तर्क– ‘केटी भनेको दिलदार हुनुपर्छ, मुटु त जनावरमा नि हुन्छ नि।’ अर्का युजरले थपेका छन्– ‘केटी भनेको शीलवती पो हुनुपर्छ, लज्जावती त झार नि हुन्छ नि।’

एउटै सिंगै फिल्मलाई नै पुग्ला जसरी होस्टलबाट शुरु भई फेसबुकमा धमाधाम पोस्ट भइरहेका यी रोचक र घोचक संवाद बलिउडको टेलिभिजनसम्म पुगेको पाइएको छ। भारतीय टेलिभिजन च्यानल कलर्सबाट हालै प्रसारित बालिका बधु सिरियलमा होस्टलकै ढाँचाको संवाद सुनियो। सिरियलमा भनिएको थियो– ‘लड्का होके कुल होना चाहिए, हट तो डग भी होता हे।’

भिडियो हेर्न तलको बक्समा किलिक गर्नुहोस

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments