के जाति गर्नेलाई भन्दा हेर्नेलाई लाज

Unknown | 00:20 | 0 comments

नाम र कामको तारतम्य मिलाउने मान्छे कमै भेटिन्छन्। फिल्ममा त त झन्, नाम एक राखिएको हुन्छ काम अर्कै। तर, अहिले निर्देशक दीपक श्रेष्ठ र हिरोइन जिया केसी भने फिल्म क्षेत्रमा 'नामजस्तै काम पनि गर्ने'का रूपमा चर्चित भएका छन्।

उनीहरूलाई कटाक्ष गर्दै भनिन थालेको छ, 'नाम जस्तै काम गर्ने मान्छे पनि छन् यहाँ।' यसको कारण हो, यही हप्ता रिलिज भएको निर्देशक श्रेष्ठ निर्देशित र जिया अभिनीत फिल्म 'रङ वे'को ट्रेलर। फिल्मका पात्रले गलत बाटो समातेको कुरालाई उल्लेख गर्न फिल्मको नाम 'रङ वे' राखिएको होला। तर, फिल्मनगरीमा भन्न थालिएको छ– असफल फिल्मका कारण ओझेल पर्दै गएको नाम चम्काउन निर्देशक श्रेष्ठले गलत बाटो समाएका छन् भने फिल्म 'एटिएम'बाटै बाटो बिराएकी जिया चर्चाका लागि अर्को गलत बाटोबाट अघि बढेकी छिन्। फिल्मको ट्रेलर हेर्दा 'के जाति गर्नेलाई भन्दा हेर्नेलाई लाज' भनेजस्तै छ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments