सुनको भाउ १३ सय बढेर ५४ हजार नजिक
|
|
१६ साउन, काठमाडौं । बुधबार नेपाली बजारमा
सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा
सुनको भाउ बढेपछि नेपाली बजारमा पनि सुनको भाउ बढ्न गएको हो । नेपाल
सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य तोलाको ५३
हजार ९ सय रुपैयाँ तोकेकोक छ । मंगलबार छापावाला सुनको भाउ ३ सय रुपैयाँले बढेर ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरि, बुधबार तेजाबी सुन तोलामा १
हजार ३ सय रुपैयाँले बढेर ५३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार तेजाबी सुन तोलाको ५२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
केही महिना अगाडी घटेर तोलाको ४८ हजार रुपैयाँ वरिपरि पुगेको सुन विस्तारै
महंगिएर ५४ हजार रुपैयाँ नजिक पुगेको हो ।
बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ
बढेर ८ सय ४० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी तोलामा ६ रुपैयाँ बढेर ८
सय २५ रुपैयाँमा करोबार भएको थियो ।
|
|
Category: News

0 comments