मलेसियामा उड्दै छिन् नीता
|
|
बिहिबारबाट सुरु हुन लागेको ‘एभरेष्ट कन्र्सट’मा भाग लिन मलेसिया आइपुगेकी नायिका नीता ढुंगाना निक्कै खुशी छिन् । मलेसिया प्रवेश गरेसँगै दंग परेकी नीताले कार्यक्रममा दर्शकलाई निराश हुन नदिने बताएकी छिन् ।
मंगलबार मलेसिया आइपुगेर बुधबार विभिन्न स्थानमा घुम्न निस्कदा उनी हावासरी उडिरहेकी थिइन् । उनले मलेसियाको विकासले आफूलाई निक्कै प्रभावित बनाएको पनि बताइन् । हरेक ठाउँमा नियम र कानुन, मानिसहरुमा नियम पालना गर्नुपर्छ भन्ने विवेकले आफूलाई निक्कै प्रभावित बनाएको बताउदै उनले मलेसिया र यहाँका जनताबाट नेपालले धेरै कुरा सिक्नु पर्ने नीताको भनाई छ ।
वुधबार बेलुकी रात्री भोज पश्चात मलेसियाको चर्चित ट्विन टावरमा पुग्दा नीता अचम्ममा परिन् । उनले ट्विन टावर हेर्दै भनिन्, ‘साच्चै आकाशमै हराउने ठाउँ रहेछ मलेसिया ।’
चलचित्र ‘नोटबुक’मा समावेश ‘गाला रात्तै’ बोलको गीतबाट एकाएक चर्चामा पुगेकी नीता ‘छ एकाने छ’ चलचित्रको छायांकन पश्चात मलेसिया आइपुगेकी हुन् । उनले ‘छ एकाने छ’को एक गीत मात्र छायांकन गर्न बाकी रहेको बताइन् ।
|
|
Category: News


0 comments