'चेन्नई एक्सप्रेस' अझै अनिश्चित
|
|
काठमाडौं – काठमाडौंका थप दुई मल्टिप्लेक्स हलले रातो झन्डा देखाएपछि 'चेन्नई एक्सप्रेस'को रिलिज झनै खुम्चिने भएको छ। क्युएफएक्स र गोपीकृष्ण फिल्म हलले यसअघि नै 'चेन्नई एक्सप्रेस' रिलिज नगर्ने संकेत दिइसकेका छन् भने बिग सिनेमा र एफक्युबले पनि यस्तै निर्णय लिने सम्भावना बढेको छ।
फिल्म वितरण कम्पनी एप्पल र गोपीकृष्णको दबाबमा परी यी दुई मल्टिप्लेक्सले पनि खुट्टा कमाएको 'चेन्नई एक्सप्रेस'को वितरक दर्शन आर्टस्का सुनिल मानन्धरको आरोप छ।
सिटी सेन्टरस्थित बिग सिनेमाका म्यानेजर दीपक मेहताले आफ्नो हलमा 'चेन्नई एक्सप्रेस' रिलिज अनिश्चित रहेको पुष्टि गरे। 'आजका मितिसम्म हामीले नचलाउने निर्णय गरेका छौं तर सम्भावना सकिसकेको छैन। बिहीबार दिउँसोसम्म टुंगो लागिसक्छ,' दीपकले भने।
दीपकले दर्शकको फोन आइरहे पनि फिल्मको बुकिङ नगराएको पनि जानकारी गराए। फिल्म 'किन नचलाउने भन्ने' प्रश्नको भने उनले स्पष्ट जवाफ दिन मानेनन्। 'मलाई यो सब विवादमा नतान्नुस्। केही आन्तरिक कारणहरु छन्। त्यो भन्न मिल्दैन,' उनी पन्छिए।
उता चाबहिलको केएल टावरस्थित मल्टिप्लेक्स एफक्युबले पनि 'चेन्नई एक्सप्रेस'को अन्यौल बिहीबार नै सुल्भि्कने बतायो। 'बिहीबार बिहानसम्ममा हामी निष्कर्षमा पुग्छौं। लाग्ने नलाग्ने आधा आधा सम्भावना छ,' हल म्यानेजर अरुण रिजालले भने। वितरक कम्पनी एप्पलले एकचोटिका लागि दर्शन आर्टस्को फिल्म नचलाएर सहयोग गरिदिन आग्रह गरेको रिजालले स्विकारे।
'एप्पलले एक चोटिका लागि 'चेन्नई एक्सप्रेस' नचलाउन आग्रह गरेको हो। तर हलले फिल्म नचलाए के चलाउने? हामी द्विविधामा छौं। हामी उपभोक्ताको अधिकारका पक्षमा छौं,' रिजालले प्रष्ट पारे।
काठमाडौंका मुख्य मल्टिप्लेक्सहरुमा यस्तो अन्यौल छाए पनि वितरक सुनिल मानन्धर भने फिल्म लाग्नेमा विश्वस्त देखिए। 'बिग सिनेमा र एफक्युबले पनि फिल्म नचलाउने खबरले चकित छु तर विश्वस्त छैन। तैपनि ढुक्क हुनुस् शुक्रबार सबै हलमा 'चेन्नई एक्सप्रेस'का लागि टिकट काउन्टरमा मान्छेको भीड देख्न सक्नुहुनेछ,' मानन्धरले भने। सुनिलले 'चेन्नई एक्सप्रेस'लाई डाइमन्डको उपमा दिँदै काठमाडौंका सबै हल यसलाई चलाउन लालायित रहेको टिप्पणी गरे।
'यो सिल्भर भएको भए जे पनि हुनसक्थ्यो, तर यो डाइमन्ड हो। हलहरुले यो फिल्म नलगाई धरै छैन,' उनले सुनाए। राम्रो फिल्मको अभावमा लामो समयदेखि दर्शकविहीन रहेका मल्टिप्लेक्सहरु यही फिल्मको पर्खाइमा रहेको पनि उनको दाबी छ।
मानन्धरले सबै मल्टिप्लेक्समा फिल्म लाग्ने दाबी गरिरहे पनि क्युएफएक्स, बिग सिनेमा तथा एफक्युबले आफ्ना वेबसाइटमा आगामी फिल्मको सूचीमा 'चेन्नई एक्सप्रेस'लाई राखेका छैनन्। तीनवटै हलमा टिकट बुकिङ पनि खुलाइएको छैन, जबकि चर्चित फिल्मको बुकिङ तीन दिनअगाडि नै खोल्ने गरिएको थियो। विदेशी फिल्म वितरणमा तेस्रो खेलाडीको रुपमा दर्शन आर्टस् नेपाल भित्रिएपछि पहिलेदेखि नै स्थापित एप्पल र गोपीकृष्णले यो 'सिन्डिकेट' गर्न लागेका हुन्। शाहरुख खान र दीपिका पादुकोण अभिनित 'चेन्नई एक्सप्रेस'लाई दर्शन आर्टस्ले ४८ लाख भारु तिरेर नेपाल वितरण अधिकार हात पारेको हो।
भिडियो हेर्न तलको बक्समा किलिक गर्नुहोला

Category: News

0 comments