महिलाको भेलामा पर्शुराम बस्नेतको सक्रियता

Unknown | 04:20 | 0 comments

 
सेतो धर्के हाफ शर्ट बाहिर काठमाडौंका अधिकांश नेताले लगाउनेजस्तै हाफ ज्वारीकोट । लगभग प्रचण्डको जस्तै कपाल अनि अभिनेताको जस्तो हातको नमस्ते वा तालीमिश्रति कलात्मक स्टायल । छातीमा अतिथिको बिल्ला । धरानमा यस्तो सकलमा देखा परेका यी व्यक्ति अरु कोही नभएर सम्पत्ति शुद्धीकरणको अभियोगमा धरौटीमा जेलबाट छुटेका एमाले नेता पर्शुराम बस्नेत ।

आफ्नै कारणले युवा संघमा विवाद आए पनि आफूलाई ‘बाल मतलब नभएझै गरी बस्नेत शनिबार धरानमा देखा परेका हुन् । एमाले उपाध्यक्ष विद्या भण्डारी र सचिव शंकर पोखरेल लगाउयतका नेताहरु सम्मिलत राष्ट्रिय महिला युवा भेलाको सुरक्षाको प्रवन्ध बस्नेत आफैंले मिलाइहरेको देखिन्थ्यो । उनी युवाहरुलाई कार्यक्रमस्थलको कुनाकानीतिर खटाउनमा व्यस्त देखिएका छन् । सुरक्षा चुनौती चाहिँ अरुबाट भन्द पनि महेस बस्नेत पक्षको युवा संघलाई आफ्नै झपट रावल पक्षबाट देखिएको छ ।

युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत पक्षले धरानमा आयोजना गरेको राष्ट्रिय युवा महिला भेला स्थगित गर्न नेकपा एमालेको केन्द्र र जिल्ला कमिटीले लिखित निर्देशन दिए पनि शनिबार धरानमा भेला सुरु भएको हो ।

महिलाहरुको भेला भनिए पनि सभागृहमा पुरुष युवाहरुको पनि ठूलो भीडभाड छ । युवाहरुलाई सभागृहका कुनाकुना खटाउन सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका परशुराम बस्नेत आफैं सक्रियतापुर्वक खटे । मोटरसाईकलमा युवाहरु सभागृह प्रवेश गरेका छन् । सडकदेखि नै प्रहरीले बाक्लो सुरक्षा दियो । भेलाले महिला युथ फोर्स घोषणा गर्ने कार्यक्रम छ ।

विहानैदेखि धरान सभागृहमा युवाहरु भेला भएका थिए । भेलाको विषयमा युवा संघमै विवाद रहेकाले थप विवादको सम्भावना बढेको छ । एमाले नेतृ विद्या भण्डारीलगायतको टोली सभागृहमा आइकेका छन् । पहिला पनि पटक-पटक युवा संघकै कार्यकर्तावीच झगडा हुने गरेको धरानमा पार्टीकै निर्देशन विपरीत युवा संघका केन्द्रीय अध्यक्षकै सक्रियतामा जबरजस्ती भेला गर्न लागिएपछि पार्टीका स्थानीय नेता कार्यकर्ता त्रासमा छन् ।

युवा संघका केन्द्रीय अध्यक्ष बस्नेतसहित उनी पक्षका देशभरका महिला कार्यकर्ता शुक्रबारै धरान आइसकेका छन् । उनीहरुको समुहले शनिबार विहानैदेखि धरान बजारमा पोस्टर टाँस्नेदेखि भेला सुरु गरिरहँदा उपाध्यक्ष झपट रावल पक्षका युवाहरु भने त्यसको विरोधमा छन् । एमालेका सुनसरी क्षेत्र नं. १ का अध्यक्ष इन्द्रबहादुर राई पार्टीको निर्देशन विपरीत जबरजस्ती भेला गर्ने तयारी भएकाले युवाहरुवीच विवाद बढ्ने सम्भावना रहेको बताउँछन् ।

अध्यक्ष बस्नेत र उपाध्यक्ष रावलका छुट्टाटछुटै समुहले एकैपटक फरक-फरक कार्यक्रम आयोजना गरेर विवाद चर्चिएपछि एमालेको केन्द्रीय कार्यालयले विहिबार र जिल्ला पार्टी कार्यालयले शुक्रबार भेला तत्काल स्थगीत गर्न लिखित निर्देशन दिएको थियो । युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेत समुहले साउन ३१ र ३२ गते मोरङमा केन्द्रीय कमिटीको प्रशिक्षण र भदौ १ र २ गते धरानमा राष्ट्रिय युवा महिला भेला आयोजना गरेका थिए ।

त्यही मितिमा उपाध्यक्ष रावल समुहले काठमाण्डौमा बैठक र भेला राखेका थिए । रावल समुहले बस्नेत समुहले आर्थिक अनियमितता गरेको लगायतका आरोप लगाउँदै आएको छ । एउटै संघभित्र अध्यक्ष र उपाध्यक्षका समुहले समानान्तर कार्यक्रम आयोजना गरेपछि पार्टीले हस्तक्षेप गरेको हो । केन्द्र र जिल्लाबाट निर्देशन आएपछि त्यहि अनुसार गर्न सवैलाई जानकारी गराईसकेको तर जबरजस्ती भेला आयोजना गरे उनिहरुलाई कारबाही गरिने एमालेका धरान नगर अध्यक्ष तारा सुब्बाले बताए । भेलाको तयारी गरेका बस्नेत पक्ष भने देशभरबाट प्रतिनिधिहरु आइसकेकाले भेला रोक्न नमिल्ने बताउँछ ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments