संखुवासभामा उत्तीसको अवैध धन्दा

Unknown | 04:37 | 0 comments

१ भदौ, काठमाडौं । ठाडो रुख काट्न सरकारले जेठ मसान्तदेखि असोज मसान्तसम्म प्रतिवन्ध लगाए पनि संखुवासभाको मुढे शनिश्चरे बजार हुँदै उत्तीसको गोलीया धमाधम निकासी भइरहेको छ । वन कर्मचारीहरुको मिलेमतोमा ठेकेदारहरुले धमाधम रुख काट्ने र रातरात देउराली नाका हुँदै इटहरी पुर्‍याउने गरेका छन् ।सरकारी जग्गामा समेत कटान आदेशविनै धमाधम उत्तीसका गोलिया काटिएका छन् । जिल्लाको माम्लिङ्ग-७ मा कटान आदेशविनै धमाधम उत्तीसका रुखहरु काटिएको सूचना पाएपछि मुढे प्रहरी चौकीका इन्चार्ज असई हेम गिरीको टोलीका साथमा रेन्जपोष्ट माम्लिङका कर्मचारी दिलबहादुर विकर ठेकेदारहरु अनुगमनका लागि कटान क्षेत्रमा गएका थिए ।

ठेकेदार सन्त सब्बाले स्थानीय व्यक्तिहरुको उत्तीस काट्न गतसाल चैत्र ६ गते आदेश पाएका थिए । तर, नेपाल सरकारले जेठ मसान्तदेखि असोज मसान्तसम्म कुनै पनिठाडो रुख काट्न नपाइने व्यवस्था गरेको वन कार्यालयका कर्मचारी बताउँछन् । उक्त आदेश विपरीत माम्लीङ्गको जौटार आसपास व्यापक वन फडानी भइरहेको छ । संखुवासभाको उत्तीस धनकुटाको फाइलवाट व्यापक निकासी भइरहेको, टाँचा हान्ने तथा गाडीको शिलवन्दी गर्ने कार्यसमेत नभएको, गुठीको रुख नम्वरीसंग मिलाई रेञ्जर केशव रिमालको मिलेमतोमा निकासी गरिएको लगायतका मौखिक उजुरी इप्रका चैनपुरमा परेपछि प्ा्रहरी र वन कर्मचारीले चासो देखाउन बाध्य भएका हुन् ।

इप्रका चैनपुरका इन्सपेक्टर विनोद निरौलाले ठाडो आदेश दिएपछि मुढे प्रहरी चौकी र माम्लीङ्ग रेञ्ज पोष्टको टोली सम्वन्धित क्षेत्रको अनुगमनमा गएको हो । श्रोतका अनुसार तामाफोक, तेल्लोक र माम्लीङ्गका उत्तीस धनकुटाका वन कर्मचारीले धनकुटाको टाँचा लगाएर संखुवासभाको नाका टुटे देउरालीवाट पास गरिरहेका छन् । यसैवीच रेञ्जर रिमाल आफनो कर्तुतको पर्दाफास हुने डरले रातरात माम्लिङ्ग छाडेका छन् । उनको ठाँउमा भोला यादव आएका छन् ।

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments