शाहरुखले भने, चेन्नइले मेरो २० वर्षको ऋण चुक्ता गर्यो

Unknown | 23:35 | 0 comments

यो वर्षको सबैभन्दा सफल तथा चर्चित बलिउड फिल्म चेन्नइ एक्सप्रेसको सफलताले फेरि एकपटक यो कुरा प्रमाणित गरिदिएको छ की बलिउडमा यदि कोही बादशाह छ भने त्यो केवल शाहरुख खान हो जो सम्म पुग्नु निकै मुस्किल छ ।

आफ्नो सफलताबाट निकै खुसी बनेका किंग खानले चेन्नइ आफ्नो २० वर्षे फिल्मी करिअरको मेहेनतको परिणाम भएको बताए । चेन्नइ एक्सप्रेसले आफ्नो २० वर्षको ऋण चुक्ता गरेको र यो फिल्म आफ्नो दुइ दशकको सुखद-दुखद यात्राको भरपाइ रहेको समेत बताएका छन् । चेन्नाइले अहिलेसम्म २ अरब भन्दा बढि कमाइ गरिसकेको छ ।

अगष्ट ९ मा रिलिज भएको चेन्नइ एक्सप्रेसमा शाहरुख सँगै दिपिका पादुकोण लगायतको अभिनय रहेको छ । फिल्मका निर्देशक रोहित सेट्टी हुन् ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments