आतंककारी हमलामा भारतीय सेनाका कर्नेल सहित ८ को मृत्यु
|
|
जम्मु- भारत प्रशासित जम्मू कस्मिरमा भएको आतंकवादी हमलामा एक कर्णेल सहित ८ जना मारिएका छन्। पहिलो हमला बिहान सात बजेको समयमा कठुआ जिल्लाको हिरानगर प्रहरी स्टेसनमा भएको थियो। सेनाको पोसाकमा आएका आतंकवादीले चौकीमा आक्रमण गरेका थिए।
प्रहरीका अनुसार उक्त हमलामा ४ प्रहरी र दुई सर्वसाधारणको मृत्यु भएको छ। हमला पछि भागेका आक्रमणकारीले कठुला जिल्ला नजिक रहेको सावा जिल्लामा रहेको सेनाको एक क्याम्पमा हमला गरेका थिए। आतंकवादीहरु सेनाका अधिकारीहरुको मेसमा प्रवेस गरेका थिए। मुठभेडमा लेफ्टिनेन्ट कर्णेल र एक जवान मारिएका छन्। तर अझै यसको आधिकारीक पुष्ट्रि भने भएको छैन।
हमलाको जानकारी दिने जम्मु रेन्जका आइजी राजेश कुमारले आतंकवादीहरु सेनाको पोशाकमा अटो चढेर आएर प्रहरी चौकिमा आक्रमण गरेको बताए। उनीहरुले पहिला सेन्ट्रीको हत्या गरेर चौकीभित्र प्रवेश गरेका थिए। त्यसपछि चौकी भित्र ३ प्रहरीको हत्या गरेका थिए।
उनका अनुसार सो क्षेत्रमा थप सुरक्षाकर्मीहरु पठाइसकीएको छ। यो घटना भारतीय प्रधानमन्त्री मनमोहन सिंह र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको अमेरिकामा सम्भावित भेटघाटको खबर आएको एकदिन पछि भएको हो। दुई नेताबीच आइतबार भेटघाट हुने सम्भावित खबरहरु आएका छन्।
पछिल्ला पाँच बर्षमा जम्मु कस्मीरमा आतंकवादी घटनाहरुमा कमी आएको थियो। तर यो वर्ष संसदमा भएको हमलाका दोषी अफजल गुरुलाई फाँसी दिएपछि आतंकवादी हमलामा वृद्धि भइरहेको छ।

Category: News

0 comments