जेलमा सञ्जयको 'लुङगी डान्स'
|
|
मुम्बई – जेलमा बसे पनि सञ्जय दत्तले फिल्मको सम्झना त्याग्न सकेका छैनन्। त्यसैले होला ४२ महिने जेल सजाय काटिरहेका सञ्जय जेलमै पनि कम्मर मर्काउने तयारी गर्दैछन्। येरवाला जेलमा रहेका सञ्जय अहिले चार दर्जन कैदीसँगै नृत्यको अभ्यास गरिरहेका छन्। श्रोतले जनाए अनुसार सञ्जय जेल प्रशासनले नै गर्न लागेको कल्याणकारी कार्यक्रममा नाच्न लागेका हुन्। कार्यक्रम आज हुदैछ ।
जेल प्रशासनले कार्यक्रमको विषयमा बोल्न नचाहे पनि सञ्जयले शाहरुख–दीपिका अभिनित 'चेन्नई एक्सप्रेस'को 'लुंगी डान्स'मा अभ्यास गरिरहेको बुझिएको छ। यो बाहेक सञ्जयले राष्ट्रिय गीत र आफैद्वारा अभिनित फिल्म 'लगेरहो मुन्नाभाइ'को गीतमा पनि नाच्ने श्रोतको दाबी छ।
सन् १९९३ मा मुम्बईमा भएको सिरियल ब्लास्टमा संलग्न भएको अभियोगमा मे १६ मा जेल पसेका सञ्जयले जेलमा गर्नुपर्ने नियमित कामसँगै रिहर्सल पनि गरिरहेका छन्। सञ्जयले सजायस्वरुप कागजको झोला बनाउने काम पाएका छन्। एनजिओमार्फत् बिक्री हुने झोला बनाएवापत् उनले केही रकम पनि प्राप्त गर्ने गरेका छन्।
सञ्जयलाई नाच्नका लागि मेकअप र कस्टयुमको सुविधा पनि दिइनेछ। श्रोतले जनाए अनुसार उनी डनको लुगामा नाच्ने छन्।
कार्यक्रम जेलबाट ५ किलोमिटरको दूरीमा रहेको बाल गान्धर्व हलमा सम्पन्न हुनेछ। कार्यक्रमका दिन उनीहरुलाई कडा सुरक्षाका साथ त्यहाँ लगिने श्रोतले जनाएको छ।

Category: News

0 comments