सुशील भए मिस्टर हङकङ
|
|
हङकङ—मिस्टर हङकङ नेपाल प्रतियोगितामा पहिलो पटक सहभागी भएका सुसील नेवाले उपाधि जितेका छन्। बुधबार राती हङकङमा भएको प्रतियोगितामा ४१ वर्षीय नेवाले मिस्टर हङकङ नेपाल २०१३ को उपाधीसँगै १४ हजार हङकङ डलर हात पारे। मैतीदेवी काठमाडौंका ७२ किलोका नेवाले ‘वेष्ट पोज’ मा पनि कब्जा जमाए।
प्रतियोगितामा दोस्रो भएका सजिव राईले आठ हजार र तेस्रो स्थानमा आएका रोशन थापामगरलेछ हजार डलर पाए। खुल्ला तौल समूहमा शक्ति लामा, दिपेन पोमु र उत्तम पुन क्रमशः चौथो, पाचौँ र छैठौँ स्थानमा आए।
शक्ति लामाले जितेको नोभोइस समूहमा उत्तम पुन दोस्रो, दिपेन पोमु तेस्रो र रेशम रानामगर चौथो स्थानमा आए ।
चाइना बडी बिल्डिङ एसोसियसनका तामकोक वाई, लाउवाई मिङ र क्वान चुन वाहको समूहले यो निर्णय दिएको हो। आयोजक हङकङ नेपाल बडी बिल्डिङ एसोसिएसनले यस पटक पनि प्रशिक्षणका लागि धर्मश्री विजेता सानु गुरुङ र पूर्व मिष्टर हङकङ नेपाल शम्भु तामाङलाई निम्त्याएको थियो ।१९९८ मा शुरु भएको प्रतियोगिताको यो ११ औँ संस्करण हो । आइतबारका लागि तय गरिएको प्रतियोगिता समुद्री आँधीका कारण बुधबार सारिएको थियो ।
विजेता खेलाडीलाई नेपाल चेम्बर अफ कमर्श हङकङका अध्यक्ष डाशुराम पराजुली, हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगर, एनआरएन हङकङका अध्यक्ष दुर्गा गुरुङ लगायतले उपाधी र पुरस्कार प्रदान गरे । नेपालको राष्ट्रिय गानबाट शुरु भएको प्रतियोगितामा काठमाडौँबाट निम्त्याइएका नायिका सुष्मा कार्की, गायिका ज्योति थापामगर, स्थानीय गायकद्वय राज तामाङ र श्याम गुरुङ लगायतले प्रस्तुती दिएका थिए ।

Category: News

0 comments