नाटककार इब्सनमाथि नाटक
|
|
काठमाडौं– राजन खतिवडाको निर्देशनमा तयार भएको नाटक 'इब्सन ल्याव'को मञ्चन सुरु भएको छ । नाटक मंगलबारदेखि राजधानीको मण्डला थियटरमा मञ्चन हुन थालेको हो ।
प्रयोगात्मक नाटक 'इब्सन ल्याब' नर्वेली नाटककार हेनरिक इब्सनले लेखेका छवटा नाटकहरु र तिनका चरित्रहरुमाथि आधारित छ । उनको 'अ डल्स हाउस', 'द मास्टर बिल्डर', 'हेडा ग्याब्लर', 'लेडी फ्रम द सी', 'द घोस्ट' र 'वाइल्ड डक' नाटकमा सामाजिक संरचनाले पीडित भएका मानिसहरुको अस्तित्वको लडाइँलाई प्रस्तुत गरेका छन् ।
नाटक आगामी असोज १२ सम्म मञ्चन हुनेछ । नाटकमा बुद्धि तामाङ, विजय बराल, विकास जोशी, मोहम्मद नाजिर हुसेन, सुरज यादव, आर्जेश रेग्मी, जुनु विष्ट, एलिना थापा, चन्दा राई, सुरेश सापकोटा, बाल्मिकी पोखरेल, विजय बुढा क्षेत्री, किरण सुनुवार, सन्तोष भट्टराई, रविन श्रेष्ठ, शिवराज बस्नेत, दीपेन्द्रसिंह दर्नाल र अभिशेष नेपाल लगायतले अभिनय गरेका छन् ।

Category: News

0 comments