१७ मा राजेशको १७ औं
|
|
गायक राजेशपायल राईको १७ औं गीति एल्बम ‘दर्शन नमस्ते २’ असोज १७ मा आउने भएको छ । एल्बम रिलिजको अन्तिम तयारीसँगै गीतको भिडियो सुटिङ गर्न उनी चितवनमा व्यस्त छन् । ‘मेरो सत्रौं एल्बम हो, त्यसैले असोज १७ गते नै सार्वजनिक गर्दैछु,’ उनले भने, ‘पहिलेभन्दा अझ राम्रा गीत एल्बममा छन् ।’
उनले यसअघि निकालेका धेरै एल्बममा रहेका गीतहरु सांगीतिक बजारमा हिट भएका छन्। आफूलाई संगीतको किङ भन्न रुचाउने राईको यो पनि एउटा महत्वकांक्षी एल्बम हो।
एल्बमको गीत 'छैन तिमीबाहेक मेरो लागि'को सुटिङ चितवनमा चलिरहेको छ। गीतमा आफै मोडल बनेका राई चितवनको चर्को घाममा मायालु भावको गीतमा अभिनय गरिरहेका छन्। उनलाई मोडलिङमा अभिनेत्री हेमा श्रेष्ठले साथ दिएकी छिन्। भिडियोको निर्देशन मिलन चाम्सले गर्दैछन्।
नवलपरासीको थुम्सी, नारायणी नदी र सौराहामा उनले गीतको सुटिङ गरेका छन् । 'गर्मी त छ तर गर्मीभन्दा पनि एल्बम निकाल्ने गर्मी बढी छ,' उनले ठट्टै गरे, 'तर गीत र फिल्मका लागि चितवन राम्रो ठाउँ हो।' साँझमा राप्तीको सूर्यास्तको दृश्य पनि उनले गीतमा कैद गर्ने जमर्को गरेका छन्।
ज्ञानेश्वर सामुदायिक वनको हरियालीसँगै कञ्चन बन्दै गरेको नारायणीको बगरमा गरेको सुटिङ निकै मनमोहक हुने विश्वास उनले गरे। त्यस्तै चितवन निकुञ्ज र सौराहाको राप्ती आसपास उनले सुटिङ गरे । एकदुई दिनमा चितवनको सुटिङ सकिने उनले बताए।
'दर्शन नमस्ते'को पहिलो भाग हिट भएपछि उनले दोस्रो भाग निकाल्न लागेका हुन्। यसपालि एल्बममा ११ गीत समेटिनेछ। गीतको रचना ११ जनाले नै गरेका छन्।

Category: News

0 comments