गुगल कारले एकै दिन ३ दुर्घटना गरायो

Unknown | 02:20 | 0 comments

इन्डोनेसिया – गुगल स्ट्रिय भ्यु कारले इन्डोनेसियामा एकै दिन ३ दुर्घटना गराएको छ। एक इन्डोनेसियन नागरिकले चलाएको कार अन्तिममा ट्रकसँग ठोक्किएपछि मात्र रोकिएको थियो।

समाचार एजेन्सी एएफपीका अनुसार ड्राइभरले जकर्ताको बोगोर क्षेत्रमा पहिला मिनीभेनलाई ठक्कर दिए। ठक्करपछि भेन मर्मतका लागि गुगल कार ड्राइभर र मिनीभेनका ड्राइभर मर्मत केन्द्र पुगेका थिए। मिस्त्रीले मर्मतमा ठूलो रकम लाग्ने बताएपछि गुगल ड्राइभर अत्तालिएर त्यहाँबाट भागे।

तर मिनीभेनले गुगल कारलाइ पछ्याइहाल्यो। कार भेट्न ३ किलोमिटर बाँकी रहँदा स्ट्रिट भ्यु सवारीले फेरि अर्को मिनीभेनलाई ठक्कर दियो। तर दोस्रो दुर्घटनापछि पनि गुगल कार रोकिएन। अन्तिममा पार्क गरिरहेको एउटा ट्रकलाई ठक्कर दिएपछि मात्र कार रोकियो। एकै दिन गुगल कारको यो तेस्रो र अन्तिम ठक्कर थियो।

तीन पटकको दुर्घटनापछि गुगल कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ।गुगलले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सबै सकुसल रहेकोमा प्रशन्नता प्रकट गरेको छ। गुगल कारले दुर्घटना गराएको यो पहिलो पटक भने हैन। यसअघि गत जनवरीमा गुगल स्ट्रिट भ्यु कारले भारतमा गधालाई ठक्कर दिएको थियो।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments