यस्ता छन् लिरिल फ्रेस फेस

Unknown | 02:59 | 0 comments

काठमाडौं—युनिलिभर नेपालको उत्पादन लिरिल साबुनले थालेको अभियान 'लिरिल फ्रेस फेस' का प्रतियोगीहरु मध्येबाट उत्कृष्ट ५ को छनोट गरेको छ। नेपालमा लिरिल फ्रेसका लागि फेस प्रतिभाको खोजी गर्ने क्रममा देशभरबाट प्राप्त सहभागीमध्ये दोस्रो चरण पार गरेर तीस प्रतियोगीको छनौट भएका थिए। |

तीमध्येबाट लिरिल फ्रेस फेसका निर्णायकद्वारा उत्कृष्ट ५ को छनोट गरिएको हो। उत्कृष्ट ५ मा आयुष्मा श्रेष्ठ, रुसा मानन्धर, सलोना बजाचार्य, कृष्मा पौडेल र श्वेता बास्कोटा रहेको कम्पनीले जनाएको छ।

उत्कृष्ट ५ बाट आफुलाई मनपर्ने प्रतिस्पर्धीलाई लिरिल फ्रेस फेस बनाउनका लागि भोटिङ लाइन खुल्ला गरिएको कम्पनीले जनाएको छ। इच्छुकले एसएमएस पठाएर भोट गर्न सक्ने कम्पनीले जनाएको छ। अन्तिम छनोट भने निर्णायकको निर्णय र भोटिङका आधारमा गरिने कम्पनीले जनाएको छ। विजेताले लिरिलको विज्ञापनमा खेल्ने अवसर पाउनुका साथै दुई जनाका लागि थाइल्यान्डमा रिफ्रेसिङ होलिडे प्याकेज प्राप्त गर्ने छन्।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments