खसी बजार मेलामा ९ लाखको कारोबार

Unknown | 02:09 | 0 comments

नेपालीहरुको महान् पर्व दशैंलाई लक्षित गरेर नुवाकोटको तुप्चे गाउँ विकास समितिको वडा नम्बर १ सोले बजारमा आयोजना गरिएको वृहत्त खसि बजार मेला उत्साहजनक रुपमा सम्पन्न भएको छ ।

तुप्चे गाविसको वडा नम्बर १ सोलेबजारमा आयोजना गरिएको खसी बजार मेलाबाट ८० वटा खसी विक्रि गर्दै स्थानीय किसानहरुले ८ लाख ८० हजार रुपैयाँ आम्दानीगर्न सफल भएका छन् । 

दशैको समयमा मासुको लागि च्याङग्रा खोज्न यसअघिको वर्षहरुमा लाखौ रुपैयाँ रसुवा देखि चीनसम्म पुग्दै आएपछि गाँउबाट रकम बाहिरिन नदिन तुप्चेका किसानहरुले बाख्रा पालन मार्फत उत्पादन गरेको खसी बेचेर नै करिब ९ लाख रुपैयाँ गाँउमा भित्र्याएका छन् ।

सामुदायिक विकास मञ्च तुप्चेको आयोजना र सहायता समाजिक सस्थाको प्राविधिक सहयोगमा सञ्चालन भएको वृहत्त खसी बजार मेलाले स्थानीय स्रोत र साधनको उत्पादन र बजारीकरणको सम्भावनालाई प्रष्ट्याउन सफल पु¥याएको मञ्चका सचिव तथा खसि मेला बजार व्यवस्थापन समितिका संयोजक राजकुमार रिजालले बताउनुभएको छ ।

दशैंको पहिलो दिन घटस्थापनाको अबशर बनाएर आयोजना गरिएको मेलामा नुवाकोट र रसुवाको विभिन्न गाविस सहित काठमाडौ जानेहरुले समेत खसी खरिद गरेको खसी मेला बजारव्यवस्थापन समितिका सदस्य दामोदर पौडेलले जानकारी बताउनुभएको छ ।

मेलामा राखिएको खसी मध्ये २५ किलोसम्मको प्रतिकिलो ३ सय ८० रुपैयाँ, २६ किलो देखि ४५ किलोसम्मको प्रतिकिलो ४ सय रुपैयाँ र ४६ किलो देखि माथिको खसिको प्रतिकिलो ४ सय १० रुपैयाँमा विक्रि गरिएको थियो । 
‘सामाजिक तथा आर्थिक विकासको लागि कृषिमा व्यवसायीकरण’ भन्ने नारालाई अघि सार्दै विकास मञ्चले आयोजना गरेको खसी मेलामा किसान र मासु उपभोक्ताले देखाएको उत्साहजनक सहभागिताबाट अयोजकले अहिले नै आगामी वर्ष पनि निरन्तरता दिने तयारीमा पुगिसकेको मञ्चका संयोजक प्रदीप अधिकारले बताउनुभएको छ ।

जिल्लाकै पहिलो पटक तुप्चेको सोलेबजारमा आयोजना गरिएको खसी मेलामा मासु उपभोक्ताहरुले पनि सकारात्मक कार्य भन्दै प्रशांसा गरेका छन्  ।

नेपाली काग्रेस तुप्चेका प्रतिनिधि तथा मेलामा खसी बेच्न आउनुभएका उद्धव शर्मा रिजालले खसी बजार मेलाबाट किसानहरुमा प्रोत्साहन जगाएकाले निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

एक सय भन्दा बढी आकर्षक र लोभलाग्दा खसी राखिएको मेलामा हिजो विक्रि गरेर बाँकी रहेका खसी खरिद गर्न चाहने ग्राहकले सामुदायिक विकास मञ्च तुप्चे मार्फत आगामी दिनुमा खरिद गर्न सकिने अध्यक्ष प्रदीप अधिकारीले बताउनुभएको छ ।

मेलाको अवलोकन गर्न आउनुभएका चण्डेश्वरी उच्च माध्यामिक विद्यालय चुप्चेका प्राचार्य हरिप्रसाद रिजालले खसि बजार मेलाबाट स्थानीय उत्पादनको वृद्धि गर्दै देशको विकासमा सहयोग पु¥याउन सफल भएको बताउनुभएको छ ।

यस्तै मेलाको अवलोकन गर्न पुग्ुनभएका नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा तुप्चेका किसान नवराज नेपालले खसी बजार मेलाबाट किसानहरुलाई प्रोत्साहन गर्दै आधुनिकिकरणको बाटो देखाएको प्रतिक्रिया दिनुभएको छ ।

प्रत्येक वर्ष ठूलो संख्यामा भारत र चीनबाट खसी बोका आयात भइरहेको समयमा नुवाकोटको तुप्चेमा सञ्चालन भएको खसी मेलाले किसानहरुलाई पनि पेशा प्रति उत्साहित बनाएको छ । उत्पादनको उर्भर भूमि भएर पनि व्यवसायीमुखी बन्न नसकेको तुप्चेका किसानहरुलाई मेलामा आयोजक गरेको सम्मानले थप आत्मविश्वास बढाएको बताएका छन् ।

किसान र ग्राहकको उत्साहजनक सहभागिताले हौसिएको आयोजक सामुदायिक विकास मञ्च तुप्चे तथा आसापासको क्षेत्रमा कृषि उपज सामाग्रिलाई व्यवस्थित बनाएर अगाडी बढ्ने तयारी गरेको छ ।

मेलामा बेचिएको खसी मध्ये दलबहादुर भुजेल र उहाँको भाई शिवबहादुर भुजेलको खसी सबैभन्दा ठूलो खसीको रुपमा छनोट भएको थियो । उहाँहरुको खसी सबैभन्दा ठूलो चारवटा खसी भित्र परेको थियो । उहाँहरुको खसी दुुई वटा ४५ किलोको, एक वटा ४७ र एक वटा ५२ किलो भएको अयोजकले जनाएको छ ।

मेलामा खसी बेच्न ल्याएका किसानहरुलाई आयोजक सामुदायिक विकास मञ्च तुप्चेले मायाको चिनो सहित सम्मान गरेको थियो ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments