‘होस्टेल’ सक्सेस पार्टीमा निर्माताले दिए हार
|
|
नेपाली सिनेमा सफल भएको समाचार पछिल्लो समय बिरलै सुन्न पाइन्छ । अझ सिनेमा सफल भएर निर्माताले दिल खोलेरै पार्टीको आयोजना गर्नु त एकादेशको कथा जस्तै हो । २ बर्ष अघि चलचित्र ‘लूट’ले सक्सेस पार्टीको आयोजना गरेको थियो ।
भदौ १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल’ले पनि आफ्नो सफलताको खुशी सबैसँग साटेको छ । विजयादशमीको अवसरमा शुभकामना प्रदान गर्न तथा ‘होस्टेल’ सफलताको खुशी साट्न पार्टीको आयोजना गरेको निर्माता सुनिल रावलले बताए । चलचित्रको सफलता कार्यक्रममा नेपाली सिने क्षेत्रका केही हस्तीहरुको समेत उपस्थिती थियो । कार्यक्रममा नायक भूवन केसी, टिका पहाडी आफ्ना सन्तानलाई शुभकामना दिन पुगेका थिए ।

कार्यक्रममा चलचित्रका तिन कलाकार अनमोल केसी, सलोन बस्नेत, गौरब पहाडी, सिंचना थापा पनि सहभागी भएका थिए ।
कार्यक्रममा निर्माता रावलले दुर्गिस फिल्मस्की प्रस्तुतकर्ता समेत रहेकी श्रीमती दुर्गिस रावललाई हार उपहार दिएका थिए । कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्रकर्मी उद्धव पौडेल, कलाकार लय संग्रौला लगायतले शुभकामना दिएका थिए ।
हेमराज वीसी निर्देशित यो सिनेमाले बम्पर कलेक्शन गरेको छ । ‘होस्टेल’ यो बर्षकै अहिलेसम्मको सर्वाधिक सफल सिनेमा हो । सुनिल रावलले नै निर्माण गरेको पहिलो चलचित्र ‘सायद’ले पनि सुखद व्यापार गरेको थियो ।
|
|
Category: News


0 comments