मलिना एसिया प्यासिफिक वर्ल्डमा भिड्दै

Unknown | 01:47 | 0 comments

काठमाडौं – मिस एसिया प्यासिफिक वर्ल्डमा भाग लिन कोरिया पुगेकी पूर्व मिस नेपाल मलिना जोशीको सहभागितालाई लिएर दि हिडन ट्रेजरले आपत्ति जनाएको छ। अनुमतिबिना मिस नेपाल २०१३ कै विजेताको रुपमा प्रतियोगितामा भाग लिन गएपछि दि हिडन ट्रेजर रुष्ट बनेको हो। जबकी उनी २०११ की मिस नेपाल हुन्।

आइतबार मिस एसिया प्यासिफिक वर्ल्डको ट्यालेन्ट राउन्डमा भाग लिएकी उनी गत असोज २९ मा दक्षिण कोरियाको सोल गएकी हुन्।
सन् २०११ देखि सुरु भएको यस ब्युटी पेजेन्टको पहिलो संस्करणमा मिस नेपाल २०१० की फस्ट रनरअप सहाना बज्राचार्य गएकी थिइन्। प्रतियोगितामा उनी उत्कृष्ट १५ मा छनोट भएकी थिइन्। प्रतियोगितामा विवाद आएपछि ट्रेजरले पछिल्ला वर्षमा कुनै सहभागी पठाएको थिएन। तर मलिना हिडन ट्रेजरलाई 'ओभरटेक' गर्दै प्रतियोगितामा भाग लिन गएकी हुन्। मलिनाको कदमलाई टे्रजरका गोपालसुन्दर कक्षपतिले गम्भीरताका साथ लिएको बताए। उनले मलिनाले कानुनी कारवाहीको सामनासमेत गर्नुपर्ने चेतावनी दिए।

'२०११ मा सहानालाई हामीले नै पठाएका थियौं। मलिना आफ्नै हिसाबले गएकी हुन्। मिस नेपाल २०११ को रुपमा उनले यसमा भाग लिन नपाउने प्रावधान छ। त्यसैले यसपालि प्रतियोगिता अवधिभर उनले मिस नेपालको क्राउन प्रयोग गरिन् भने उनीमाथि कानुनी कारवाही हुनेछ,' कक्षपतिले भने।

प्रतियोगितामा जानुअघि मलिनालाई नजान अनुरोध गरिएको पनि उनले जानकारी गराए। 'उनी २०११ की मिस नेपाल हुन्। अफिसल साइटमा २०१३ को मिस नेपालको रुपमा उनलाई प्रस्तुत गरिएको छ। यो एक किसिमको बदमासी हो। उनी मिस नेपालको हिसाबमा मिस एसिया प्यासिफिक वर्ल्डमा सहभागी भएकी होइनन्,' कक्षपतिले भने।

मिस नेपालको क्राउन प्रतियोगितामा प्रयोग नगर्ने बताए पनि उनका लागि तयार भएको मिस एसिया प्यासिफिक वर्ल्डको आधाकारिक भिडियोमा क्राउन प्रयोग गरिएको छ। ट्रेजरका सुवर्ण थापाले मलिनाले मिस नेपालको उपाधिको गलत प्रयोग गरेको बताए। 'विभिन्न विवाद आएपछि २०१२ देखि मिस एसिया प्यासिफिक वर्ल्डमा हामीले सहभागिता जनाएका थिएनौं। विवादमा नआएको भए मिस नेपालमा फस्ट रनरअप हुनेलाई पठाउने प्रावधान थियो। एक्कासी यसपालि मलिना जाँदैछिन् भन्ने सुनेपछि हामी अचम्मित भएका थियौं,' उनले भने।

मिस एसिया प्यासिफिक वर्ल्डका लागि तयार भएको भिडियोमा भने मलिनाले आफूलाई २०११ क्ै मिस नेपालको रुपमा प्रस्तुत गरेकी छिन्। सम्बोधनमा भनेकी छिन्, 'मिस नेपाल २०११ को उपाधि जितेपछि धेरै अवसर पाएँ। मिस एसिया प्यासिफिक वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छु।'

यसको फाइनल आगामी कात्तिक १३ मा हुँदैछ। प्रतियोगितामा ५१ देशमा युवतीहरु भिड्दैछन्। मलिना सेमिफाइनल राउन्डमा प्रवेश गर्न सफल भइसकेकी छिन्। उनीबाहेक इन्डिया, युक्रेन, मंगोलिया, इन्डोनेसिया, जर्मनी, थाइल्यान्ड, टर्की, नेदरल्यान्ड र कोरिया लगायतका युवतीहरु पनि सेमिफाइनलमा प्रवेश गरेका छन्।

पछिल्लो समय म्युजिक भिडियो हुँदै नेपाली फिल्म क्षेत्रमा खुट्टा जमाउने तरखरमा रहेकी मलिनाले 'कलिउड' फिल्ममा एउटा गीतमा नृत्य गरेकी थिइन् भने नायिकाको रुपमा अभिनय गरेको 'ऋतु' रिलिजको पर्खाइमा छ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments