मुम्बई फेस्टिभलमा नेपाली 'मनसुन'
|
|
काठमाडौं – भारतमा गत बिहीबार सुरु भएको १५ औं मुम्बई फिल्म फेस्टिभलमा नेपालबाट 'रेड मनसुन' सहभागी भएको छ। इलम दीक्षितद्वारा निर्देशित फिल्म भर्सोवा सिनेम्याक्सको पाँचौं हलमा आइतबार प्रदर्शन गरियो।
मुम्बई एकेडेमी अफ मुभिङ इमेजको आयोजनामा आगामी बिहीबारसम्म चल्ने फेस्टिभलमा एकैचोटी ११ वटा हलमा फिल्म प्रदर्शन गरिरहेको छ। अजय उपाध्याय र रुथ मो निर्माता रहेको ८८ मिनेट लामो फिल्ममा सन्दीप क्षेत्री, सृष्टि घिमिरे, हिमाली दीक्षित, सुदाम सिके, सरिता गिरी लगायतले अभिनय गरेका छन्।
निर्देशक इलमको पहिलो फिल्म 'रेड मनसुन'मा जातीय व्यवस्थामा जकडिएको काठमाडौंका तीन पात्रहरुबीचको त्रिकोणात्मक प्रेमकथा रहेको छ। नारी सशक्तिकरण र संघर्षलाई विषयवस्तु बनाइएको फिल्ममा काकाकुल नगरबासीहरुले वर्षाका लागि मच्छिन्द्रनाथको रथजात्रा गरेको प्रसंग पनि छ।
रिलायन्स इन्टरटेनमेन्टको सहयोगमा भइरहेको फेस्टिभलको उद्घाटन महाराष्ट्रका मुख्यमन्त्री पृथ्वीराज चौहानले गरेका थिए। फिल्म निर्देशक श्याम बेनेगल अध्यक्ष रहेको फेस्टिभलको उद्घाटन समारोहमा ग्रीक–फ्रेन्च फिल्मकर्मी कोस्टा गव्रास र भारतीय कलाकार कमल हसनलाई लाइफटाइम अचिभमेन्टबाट सम्मानित गरिएको थियो।
नेपालको एक्लो प्रतिनिधित्व 'रेड मनसुन' फेस्टिभलको 'इन्डिया वर्ल्डवाइड' नामक अप्रतिस्पर्धी सेक्सनमा छानिएको हो। यसमा भारतीय मूलका फिल्मकर्मीले बनाएका वा भारतीय पात्रमाथि आधारित भएका फिल्म समावेश गरिने फेस्टिभलको अफिसियल साइटमा उल्लेख गरिएको छ।

Category: News

0 comments