फेशन नाइटमा सदिक्षा र निशासँगै मोडलको क्याटवाक(फोटो फिचरसहित)

Unknown | 22:34 | 0 comments


फेशन शो आयोजना गर्ने दौडमा नेपालको सुन्दर शहर पोखरा निक्कै अगाडी छ । हालै मात्र ‘पार्टी ओजोन डटकम’ले पोखराको लेकसाइडमा फेशन शोको आयोजना गरेको छ ।

‘ओजोन फेशन नाइट’ नाम दिइएको यो कार्यक्रमको सुरुवात पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र्‍याम्प हिडेर गरिएको थियो । यसपश्चात पोखराका चर्चित ९ मोडलहरु र्‍याम्पमा उत्रिएका थिए ।


वीपेन गुरुङ र सपना गुरुङले कोरियोग्राफी गरेको फेशन शोमा नेपाली पोशाक पनि समावेश गरिएको थियो । फेशन शोमा नीओन लाइट, ईन्सेप्सन कक्टेल, लेडिज अन सप र ओजोन गरी ४ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो ।



नायिका निशा अधिकारी र्‍याम्पमा उत्रिएसँगै शो समाप्त भएको थियो । फेशन शो पश्चात विभिन्न डीजेहरुले मनोरञ्जन प्रदान गरेका थिए ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments