केक र मिठाइ देख्दा यौन उत्तेजना आउने महिला (भिडियो सहित)

Unknown | 22:44 | 0 comments

मान्छेलाई त विपरित लिंगीसँगको सामिप्यताबाट यौन उत्तेजना पैदा हुन्छ । तर अमेरिकामा एक जना यस्ती महिला छिन् जसलाई केक र मिठाइ देख्दा यौन उत्तेजना पैदा हुन्छ ।


अमेरिकाको लस भेगासमा बस्ने सामी म्याथ्यूजलाई केक तथा अन्य बेकरी आइटम देख्नै हुन्न । उनको स्वास बढ्न थाल्छ, खुट्टा गल्न थाल्छन् अनि उत्तेजना र स्वाँ स्वाँ हुन्छ । मिठाइ देख्दा पनि उस्तै हालत हुन्छ सामीको । त्यसपछि देखेका ती कुरा नखाउन्जेल उनको जिउ शान्त हुँदैन र खाएपछि उनलाई सम्भोगको जस्तै सन्तुष्टि मिल्छ ।


केक तथा मिठाइ लामो समयसम्म खान नपाउँदा उनमा ठूलो तृष्णा पैदा हुन्छ । उनले मन थाम्नै सक्दिनन् र बजारबाट मगाइहाल्छिन् र कुपुकुपु खान्छिन् ।


उनको यो रोगलाई सिटोफिलिया भनिन्छ । दुइ सन्तानकी आमा बनिसकेकी सामी बेकरी तथा मिठाइप्रतिको सोही आशक्तिका कारण निकै मोटी भएकी छिन् ।


उनको तौल दुइ क्विन्टल भन्दा पनि बढि छ । उनको यो अनौठो चरित्रले संचार माध्यममा पनि चर्चा बटुलेको छ । अमेरिकाको टेलिभिजन च्यानल फाइभले उनको बारेमा एक डकुमेन्ट्री नै तयार पारेको छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments