बीस दिनमा १० लाख यात्रु बाहिरिए

Unknown | 03:27 | 0 comments

काठमाडौं – असोज १ देखि आइतबार बिहानसम्म करिब दस लाख यात्रु काठमाडौं उपत्यकाबाहिर गएका छन्। दसंै नजिकिँदै गर्दा असोज १ देखि टिकट बुकिङ सुरु भएपछिको तथ्यांक हो यो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २० दिनमा ९ लाख ६० हजार दुई सय ५८ यात्रु उपत्यकाका विभिन्न नाका हुँदै बाहिरिएका हुन्। महाशाखाले दसैंमा काठमाडौंका विभिन्न १२ क्षेत्रमा राखेका नागरिक सहयोग कक्ष र नाकाका सुरक्षाकर्मीले दिएको विवरणका आधारमा यस्तो संख्या देखिएको महाशाखा प्रमुख डिआइजी केशव अधिकारीले बताए।
   
उनका अनुसार घटस्थापना (शनिबार) सुरु भएदेखि यात्रु अन्य बेलाभन्दा बढेका छन्। 'हिजो र आज यात्रु अन्य दिनको तुलनामा बढेका छन्,' उनले भने, 'यो स्वाभाविक हो। विद्यालय कलेज बिदा भएकाले यस्तो देखिएको छ।'
'हामीले नाकामा गनिरहेका छौं,' उनले भने, 'बढी यात्रु ओसार्नेलाई कारबाही पनि गरिरहेका छौं। यसका आधारमा पनि हामीले तथ्यांक तयार पार्‍यौं।'

क्षमताभन्दा बढी यात्रु ओसार्ने साना तथा ठूला ३९ सवारीलाई कारबाहीको दायरामा ल्याइएको महाशाखाले जनायो। उनले पूर्वाञ्चल र सुदूरपश्चिम क्षेत्रमा चल्ने बसले दुई चालक व्यवस्था गरेको बताए।
यतिका समयमा करिब ३१ हजार पाँच सय २१ वटा सवारीले यात्रुलाई सेवा दिइरहेको महाशाखा डिआइजी अधिकारीले बताए। दुई दिनमा दैनिक १३ देखि १४ सय यात्रुवाहक सवारी उपत्यकाबाहिर पुगेको उनले जानकारी दिए।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments