सौराहामा टाँगा व्यवसायबाट मासिक २० हजार
|
|
५ कात्तिक, चितवन । पर्यटकीय नगरी सौराहामा पर्यटकको आगमन बढेसँगै यहाँका टाँगा व्यवसायी राम्रो अम्दानी लिन सफल भएका छन् ।
पूर्वी चितवनको सौराहा चोकदेखि सौराहासम्म टाँगा चलाउँदै आएका व्यवसायीहरूले पछिल्लो समयमा राम्रो आम्दानी हुन थालेको बताएका छन् ।
विगत १९ वर्षदेखि सौराहामा टाँगा चलाउँदै आउनुभएका सुन्दर लामिछानेले मासिक रु १५ हजारदेखि २० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । व्यवसायीले छ जनाको सिट रहेको टाँगामा विदेशी पर्यटकलाई रु १०० र नेपाली पर्यटकलाई रु ४० लिने गरेका छन् ।
नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल सौराहा आउने आन्तरिक तथा बाहृय पर्यटक प्रायः टाँगामा आवतजावत गर्न रुचाउँछन् । विगत सात वर्षदेखि टाँगा चलाउँदै आउनुभएका विवेककुमार चौधरी पनि आˆनो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ।
घोडाको खानाका लागि दैनिक रु २५० खर्च लाग्ने भए पनि पर्यटकको आगमन बढेसँगै दैनिक रु एक हजारसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ ।
अहिले सौराहामा ३० वटा टाँगा सञ्चालनमा रहेका छन् । विगतमा पर्यटक आगमनमा कमी आउँदा यी व्यवसायी पलायनको अवस्थामा पुगेका थिए । कतिपय व्यवसाय छाडेर नयाँ पेसामा लागेका थिए ।

Category: News

0 comments