उम्मेद्वारले ढोगे दलित र जनजातिको खुट्टा

Unknown | 02:23 | 0 comments

५ कात्तिक, गुल्मी । गुल्मी क्षेत्र नं २ बाट एकीकृत नेकपा माओवादीका उम्मेदवार अशोक थापाले दलित, जनजाति र विपन्न वर्गका ज्येष्ठ नागरिकको आशीर्वाद लिएर चुनावी अभियान सुरु गर्नुभएको छ ।

“गरिब, विपन्न र दलित, जनजातिको उन्नतिका लागि नयाँ संविधान लेख्न जाने भएकाले मन्दिरमा ढोगेर होइन ज्येष्ठ नागरिकको आशीर्वाद लिएर जानुपर्ने” भन्दै उहाँले तीनजना ज्येष्ठ नागरिकको आशीर्वाद लिनुभएको हो । उहाँले सबै ज्येष्ठ नागरिकको खुट्टामा ढोगेर आशीर्वाद लिनुभएको थियो ।

अर्खले-६ की ८३ वर्षीया हरीकला सुनार, तम्घास-८ की १०८ वर्षीया सुमित्रा श्रीस र सिमिचौरका ८४ वर्षीय मानसिं थापाको आशीर्वाद लिएर उहाँले आजदेखि चुनावी अभियानको सुरुवात गर्नुभएको हो ।

थापा, सबै नेपालीको समुन्नतिका लागि संविधान बनाउने प्रतिबद्धता जनाउँदै आशीर्वादका लागि ज्येष्ठ नागरिकका घरदैलोमा पुग्नुभएको थियो । “अहिलेसम्म राज्यले उपेक्षा गरेका वर्ग मेरा देवता हुन् र तिनीहरू बस्ने घर मेरो मन्दिर हो, थापाले भन्नुभयो, त्यसैले मन्दिर जानुको सट्टा जिउँदा भगवान्लाई ढोगेर अभियान सुरुवात गरेँ ।”

दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माले अब दलित, जनजाति र गरिब विपन्न वर्गको मुक्तिको ढोका खुलेको बताउनुभयो ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments